देवानन्द न्यौपाने
लम्की । दोषीलाई कानुन बमोजिम कारवाही र मृतकका परिवारलाई उचित क्षतीपूर्ती दिने सहमती पछि पूर्वपश्चिम महेन्द्र राजमार्गको लम्की सड्क खण्ड सुचारु भएको छ। कैलालीको लम्कीमा ट्रकले ठक्कर दिदा ज्यान गुमाएकी युवती सुनिता रावलका परिवारलाई उचित क्षतीपूर्ती र चालकलाई कारवाही गर्ने सहमती पछि स्थानीयले प्रर्दशनका कार्यक्रम फिर्ता लिएका छन, भने मृतको सव घटनास्थल बाट उठाई पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा लिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक आभुषण तिमिलसैनाले पिडित पक्ष र सरोकारवाला छलफगरी दोषिलाई हदै सम्मको कारबाहिका लागि प्रकृया अगाडि बढाउने भएको त्रीपक्षीय सहमतीपछि राजमार्ग राजमार्ग सुचारु भएसंगै सडकमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेको छन्।
यसअघि स्थानीयले ट्रकको ठक्करबाट युवतीको ज्यान गएपछि लम्की बजारमा प्रर्दशन गर्दैै सडक अवरुद्ध पारेका थिए। आक्रोसित स्थानियले ठक्कर दिने ट्रकमा आगजनीको प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । आक्रोसित स्थानियले ढुङ्गा प्रहार गर्नथाले पछि भिड नियन्त्रण गर्न एक दर्जन बढी अश्रुग्यास, करीब ३ राउण्ड हवाई फाईरीङ्ग र रबबरका गोलि समेत हानेको थियो । सो क्रममा प्रहरी र शसस्त्र प्रहरी गरी ९ जना र १ प्राध्यापक गरी १० जना घाईते भएका छन । घाईते सबैको लालरत्न अस्पताल लम्कीमा उपचार भएको छ । रबरको गोलि लाग्दा लम्की बहुमुखि क्याम्पसका प्राध्यापक प्रेम मुडभरीको टाउकोमा चोट लागेको छ, भने आक्रोसित स्थानियको ढुङ्गा प्रहार बाट ईलाका प्रहरी सड्कपुर बौनियामा कार्यरत प्रहरी गणेश बहादुर रावल, ईलाका प्रहरी चिसापानीमा कार्यरत सुरज रावल र शसस्त्र प्रहरी बल डुडेझारीमा कार्यरत शसस्त्र प्रहरी जवान बम बहादुर सुनार लगायतका प्रहरी जवान घाईते भएका हुन ।
लम्की बहुमुखि क्याम्पस वि.एड. प्रथम पर्ब अध्यनरत सुनिता रावल क्याम्पस बाट बिहान परिक्षा दिएर साईकलमा घर फर्केने क्रममा पछाडि बाट आई रहेको ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिदा सडकमै ढलेकी थिईन् । ट्रकको ठक्कर बाट सड्कमा लडेर घाईते भएकी रावललाई चालकले गाडि रोकेर पछाडि गरेर किचेको प्रत्यक्ष दर्शिले बताएका छन ।