हुन त पोखरा आफैमा सुन्दर छ । प्रकृतिको बरदान पाएको पोखरा धार्मिक हिसाबले पनि उत्तिकै महत्वपुर्ण छ । पोखराको धार्मिक पाटो उघार्दा शुरुवातमै बिन्दावासिनी मन्दिरको प्रसङ्ग आउने गर्दछ । मन्दिरमा भईरहेको बिकास निर्माण र अनेकौं धार्मिक गतिबिधि संगै भगबती प्रति आस्था राख्नेहरुका लागि मन्दिर आर्कषणको केन्द्र बन्दै गएको छ ।
केहि समय अघि राष्ट्रपति बिद्यादेबी भण्डारीले मन्दिर जाने लिफ्टको उद्घाटन गरे संगै थप चर्चित बनेको छ बिन्दवासिनी मन्दिर । मन्दिरको लिफ्ट सेवाका बिषयलाई लिएर यतिबेला सामाजिक संजालमा टिका टिप्पणी गर्ने क्रम पनि बढेको छ ।
बिन्दवासिनी मन्दिरको लिफ्ट सेवाका बिषयमा स्थानीय समाजसेबी महेन्द्र श्रेष्ठ यसरी आफ्नो अभिब्यक्ति राख्छन :
मेरो बुबा आमा अत्यन्त धार्मिक हुदाहुदै पनि पछिल्लो केहीवर्ष बिन्दवासिनी मन्दिरको दर्शन गर्न जान सक्नु भएन । कारण थियो मन्दिरको सिढीं र कमजोर स्वास्थ्य । यो अवस्था थुप्रै बुबा आमाहरुको होलान् । बृद्धबृद्धाहरु मन्दिर जान चाहन्छन् दैनिक । तर शरिरले साथ दिदैनन् । बिन्दवासिनी मन्दिर प्रति आजभोली लाखौं लाख भक्तजनहरुको आस्था र बिश्वास बढेको छ । मन्दिरप्रति आकर्षण पनि बढेको छ । यसको मुल कारण हो, मन्दिरमा भईरहेको बिकास निर्माण र अनेकौं धार्मिक गतिबिधि ।
आजभोली मन्दिरमा नेपाली भक्तजनमात्र नभै भारतीय भक्तजनहरुको पनि घुईचो बढ्दो छ । यसमा धेरैजस्तो असक्त, जेष्ठनागरिकहरु पनि छन् । हिजो मन्दिर पुग्ने रहर हुदाहुदै पनि पुग्न नसकेको अवस्था थियो । मेरो बुबा आमाको जस्तो । तर आज त्यो अवस्था छैन । यो समस्यालाई निराकरण गर्न श्री बिन्दवासिनी धार्मिक बिकास समिती सफल भएको छ । मन्दिर समितीले बृद्धबृद्धा, असक्त भक्तजनहरुलाई सहज तरिकाले दर्शन गर्न सकोस् भनेर लिफ्टको निर्माण गरेको हो । मानिसहरुले यसलाई अनेक तरिकाले हेरिरहेका छन् ।
मानिसले आफ्नो अभिब्यक्ति दिनु नराम्रो कुरा हुदै हैन । तर सार्वजनिक महत्वको कुरामा अभिब्यक्ति दिदा सकारात्मक र नकारात्मक पक्षलाई केलाएर दिनु नै उत्तम कुरा हो । बिरोध र टिकाटिप्पणी गरेरमात्र कोही बौद्धिक र अशल नागरिक भईंदैन । बिन्दवासिनीको लिफ्टको बारेमा थोरै सकारात्मक र धेरै नकारात्मक कुरा बाहिर आएजस्तो लागेको छ । किन हो बुझ्न कठिन छ ।
हिजोआज, लिफ्ट चढेको पनि पैसा लिएू भनेर धेरैले लेखेको पढ्न पाईन्छ । तर, पैसा क—कस्लाई लिएको छ , लिफ्ट क—कस्को लागि निःशुल्क छ र किन लिफ्टसेवा प्रदान गरिदैछ भनेर लेखेको कमै भेटेको छु । शुल्क लिनुको तात्पर्य जेष्ठ नागरिकहरु र असक्तहरु बाहेक अरुबाट दुरुपयोग नहोस् भनेर शुल्क तोकेको कुरा मन्दिर समितीका पदाधिकारीहरुबाट खुलीसकेको छ । सक्षम, सपाङ्ग र बलियो भक्तजनहरुका लागि मन्दिर पुग्न तिनतिर बाटो छ । त्यो पनि ब्यबस्थित । कसैले शुल्क तिरेर मन्दिर पुग्न चाहन्छ भने त्यो पैसा ब्यक्तिको गोजीमा जाँदैन । शुल्क तिर्नेले मन्दिरकै बिकास निर्माणमा टेवा दिएको ठहर्छ ।
केही कमी कमजोरी अवस्य होलान् तर लिफ्ट सेवा आफैंमा ठूलो उपलब्धि हो भन्ने मलाई लाग्छ । जब हामी बृद्ध र असक्त हुन्छौं , तब नै यसको महत्व बढी बुझ्छौं होला । अहिले भन्दा । तरपनि बिन्देश्वरी माताले सबैलाई सकारात्मक हुने आशिष् दिउन् भन्न चाहन्छु । जय विन्देश्वरी माता ।