कास्की । कास्कीको रुपागाउँपालिका वडा नं २ स्थित सिर्कुतान स्थित कुलेश्वर आधारभुत बिद्यालय का छात्र छात्रा लाई एक कार्यक्रम का बिच बिद्यालय पोषाक बितरण गरियको छ । कार्यक्रम को उद्घाटन गर्दे युवा ब्यबसायी एबं समाजसेवी राजन सुवेदीले गाउँको बिकासमा आफु लाग्ने र समाजका हरेक सुख दुखमा साथ दिने बताए । । बिद्यालयका प्रअ राम बहादुर आलेले सुबेदीले गरेको सहयोग प्रति कृतज्ञता ब्यक्त गरे । कार्यक्रममा रुपागाउँपालिका वडा नंम्वर २ का जनप्रतिनिधि हरु नन्दलाल ओझा, बद्री नाथ ओझा ले पनि युवा ब्यबसायी सुबेदीले गरेको सहयोगको प्रशंसा गरेका थिए । गाँउको बिकासको सवालमा सबै एकजुट हुनु पर्नेमा उनीहरुले जोड दिए । कार्यक्रममा युवा ब्यबसायी दिपेन्द्र ढकाल र साजन सुवेदी लाई प्रमुख अतिथि सुवेदी ले सम्मान समेत गरेका थिए । प्रमुख अतिथि सुवेदी लाई बिद्यालयलाई सहयोग गरेको भन्दै स्थानयि नबदुर्गा आमा समुह र बिद्यालयले सम्मान गरेका थिए । बिद्यालय ब्यबस्थापन समिति का अध्यक्ष कुलप्रसाद ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक अमृत सुबेदीले गरेका थिए ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.