बिष्णु तिमिल्सिना
पसिनाले नुहाउने मजदूर हूँ म
बगरमा मिल्किएको कोहिनूर हूँ म।
श्रम गर्छु बिना लोभ कहाँ छ र ऐश
तिम्रा काम छिटो गर्ने त्यै आतुर हूँ म।
सहिदिन्छु कडा घाम वर्षा भेल हुरी
भिर पाखा चढ्नुपर्ने महसुर हूँ म ।
तिमी बस्छौ महलमा झुप्रो मेरो घर
तिम्रै अन्न फलाउने आली धूर हूँ म।
फाटेका छन भोटा मेरा भारी बोक्दा बोक्दा
मोटर चढी तिमी किन्न जाने पुर हूँ म ।