पाल्पा रामपुर । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री के.पी.ओलीले नेकपा चारपाङ्गे्र गाडी नभएर जेट विमान भएकाले २ अध्यक्ष बस्नु परेको बताउदै आउनुभएको कारण अहिले आफुले बल्ल बुझेको नेपाली काग्रेंसका केन्द्रिय सदस्य धनराज गुरुङ्गले बताउनुभएको छ । जनताको बहुमत पाएको नेकपाले नेतृत्व तोक्न बिषयमा २ अध्यक्ष नै चालक बन्नु परेको कारण वाइडबडी विमान घोटाला काण्ड भएको बताउनुभएको हो । पाल्पाको रामपुरमा नेपाली काग्रेंस रामपुर नगर समितिले गरेको नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य गुुरुङ्गले भन्नुभयो–साढे ४ अर्ब रुपँया घोटला भएको वाइडबडी विमानमा २ अध्यक्ष भएर खान रहेछ । पार्टीमा २ अध्यक्ष भएको कारण अहिले आफु सहित हरेक नेपालीले बुझेको बताउदै २ पटक सम्म प्रधानमन्त्री बनेका काग्रेंस सन्त नेता कृष्ण प्रसाद भट्टराई राज्यले दिएकोे झुपडीमा जीवन विताए । आफ्नो घर नभएका संविधानका पिता शुशील कोइराला आफन्तीकोमा आश्रय लिएर विदा लिए गुरुङ्गले भन्नुभयो– काग्रेंस आफु बन्न होइन जनताको पिडामा मलमपट्टी लगाउन सधै तल्लिन रह्यो अहिले जिम्मेवार मन्त्रीले नै सार्वजनिक जग्गा निजि बनाएर देश डुवाउन लागेका छन् । जग्गा बिषयमा छानविन हुनु साटो सरकारले पौडेलको बचावा गर्दै दलालीबाट लुटिएको भन्दै चन्दा दिनुपर्ने बिषय सरकारको हास्यास्पद रहेको उहाँको तर्क थियो । जनताको मतको कदर नगर्ने सरकारले बुढीगण्डकीमा आम नागरिकले ५ रुपँया तेल वापत सङ्कलन गरेका छन् राज्यले ब्ल्याक टिष्टमा परेको चाइनिज कम्पनीलाई निर्माणको जिम्मेवारी दिन्छ, ३३ किलो सुन प्रतिवेदन लुकाउछ, क्रृणमा पानी जहाज ल्याउने कुरा गर्छ, नेपालको फाइदा भन्दा भारतलाई फाइदा दिन रेलका गफ चुट्छ गुरुङ्गले भन्नुभयो–कम्युनिष्टको बर्काे ओढेर उत्पाद गर्न पाइदैन । सर्वहारा भन्ने कम्युनिष्ट प्रधानमन्त्री ओली सिहंदरबारमा बर्काे ओढेर जनतालाई लुटेको उहाँको आरोप छ । भोकोले खाए खानु हो तर अघाइरहेकोले खाइरहे त्यो घिच्नु हो उहाँले भन्नुभयो–गरिव नेपालीले तिरेको करबाट कम्युनिष्टले घिचिरहेका छन् । देशमा गणतन्त्र आउदै भनेर ठोकुवा गर्ने उनै केपी ओली अहिले गणतन्त्रात्मक देशको प्रधानमन्त्री भएको बताउदै गरिव जनताले मल विउ नपाउने तर डेढ अर्बको हेलिकप्टर लिएर खेती हेर्न जाने, बुलेट गाडी हुदाहुदै साढे २ करोडको २÷२ वटा बुलेट गाडी चाहिनु देश भन्दा व्यक्ति मोटाउने र देशलाई नै लुट्ने प्रबृत्ति नेकपामा भएको उहाँले ठोकुवा गर्नुभयो । कार्यक्रममा प्रदेश नम्बर ५ का सांसद तथा नेपाली कागं्रेसका जिल्ला सभापति विर बहादुर रानाले कर्मशील कागें्रसको अभियान लिएर अब पाल्पा काग्रेंस आम कार्यकर्ताका बिचमा जाने बताउनुभयो । पार्टीका संगठनलाई मजबुत बनाउदै अब आबश्यकता र परिवर्तनशील कागें्रस बनेर आम नागरिकमा जानुको विकल्प नभएको उहाँले बताउनुभयो । सर्वहाराको नाम भजाएर अहिलेको सरकार विदेशी सहयोग देखि जनताको पसिना र बालुवाटार कै सार्वजनिक जग्गा लुट्ने गरेको राना ले बताउनुभयो । तत्कालिन समयमा पाल्पा क्षेत्र नम्बर ३ बाट चुनाब जितेका सामान्य परिवारका नेकपाका महासचिव बिष्णु पौडेलको हैसियत वालुवाटारमा जग्गा किन्ने नभएको रानाले बताउनुभयो । अब कागं्रेस इतिहासलाई आत्मसाथ गर्दै कृषिबाट आर्थिक क्रान्ति गरेर आयआर्जनमा युवाहरुलाई आबद्ध गराउन तल्लिन रहने योजना अगाडी बढाएको जानकारी दिनुभयो । सोही अबसरमा रामपुर नगरपालिकाका नगर प्रमुख तथा पार्टीका महासमिति सदस्य रमण बहादुर थापाले नगरमा कागें्रसको सरकार आएसँगै विभिन्न बजार पिचदेखि सबै टोलमा मोटरबाटो पुगेको, गाउँमा विकासको गति तिव्र भएको अनुभुति आम नागरिकमा आफुले पाएको बताउनुभयो । रामपुरको विकासमा एक ढिक्का भएर लागेको बताउदै थापाले रामपुरको पर्यटन विकासमा स्थानीय तह जुटेको बताउनुभयो । झण्डै २ बर्षको अबधिमा केन्द्रबाट राम्रो बजेट ल्याउन आफुहरु सफल भएको बताउदै उहाँले कालीगण्डकी नदीमा ¥याफ्टिङ्ग, प्याराग्लाइडिङ्गको सफल परिक्षण सञ्चालन, १२ लाखसम्मको युवा स्वरोजगार कार्यक्रम, खर रहित छानाको लागि जस्तापाता वितरण जस्ता नयाँ दर्जनौं काम गर्न सफल भएको बताउनुभयो । नेपाली कागं्रेसका नेता देवराज ढकालले अब नेता कार्यकर्ता सबै आम नागरिकसँग पुग्नुपर्नेमा जोड दिनुभयो । सोही अबसरमा रामपुर नगरपालिका वडा नम्बर ७ का विभिन्न ५ टोलका नेकपा पार्टी परित्याग गरि झण्डै २ दर्जन स्थानीयहरु नेपाली काग्रेंसका पार्टी प्रवेश गरेका छन् । काग्रेंसका नेता धनराज गुरुङ्ग र जिल्ला सभापति विर बहादुर रानाले उनीहरुलाई अविर आदा सहित पार्टी सदस्यता प्रदान गर्दै संविधान ल्याउने, ३ तहकै निर्वाचन गराउदै लोकतन्त्र, प्रजातन्त्रमा विश्वास राख्ने नेपाली काग्रेंसमा स्वागत गर्नुभएको थियो ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.