कार्यक्षेत्रमा सवल र सक्षम प्रहरी निरिक्षक भोजराज पाण्डे पुरस्कृत

0
1979

 

सेवा अबधिको छोटो समयमा नै अपराध न्युनिकरण, सचेतनामुलक कार्यक्रम र शान्ति सुरक्षामा तदारुकताका साथ काम गरेको प्रशंसा गर्दै जिल्ला प्रहरी कार्यालय पाल्पाबाट सम्मान पाएका नेपाल प्रहरीका प्रहरी निरिक्षक भोजराज पाण्डे पुनः महानगरीय प्रहरी परिसर काठमान्डौबाट पुरस्कृत भएका छन् । महानगरीय प्रहरी बृत थानकोट दर्वन्दी रहिरहदा काजको रुपमा पाल्पाको ईलाका प्रहरी कार्यालय रामपुरको प्रमुख भएर गएका उनीले ६ महिनाको त्यहाँ बसाईका क्रममा पाल्पा प्रहरीको शान कै रुपमा समुदायसँग मिलेर काम गरेका थिए भने दैनिक शान्ति सुरक्षा कायम, चेकजाचमा पनि उत्तिकै खटिन्थे । विगत ५ बर्षमा गरेको काम भन्दा उनले ६ महिनाको अबधिमा धेरै काम गरे । जसका कारण उनी सवल र सक्षम प्रहरी निरिक्षकको रुपमा पाल्पाबासीले लिने गरेका थिए । उनी हाजिरी भएको तेस्रो दिन नै स्थानीय जनप्रतिनिधी लगायत बिभिन्न पत्रकार, पेशा व्यबसाय तथा अन्य क्षेत्रमा कार्यरत व्यक्तिहरुसँग १० बुंदे कार्ययोजना प्रस्तुत गर्दै कानून कार्यान्वयनको सवालमा कोही कसैसंग सम्झौता नगर्ने उद्घोष सहित कार्यालय काम सहित समुदायमा खटिन्थे । समुदाय–प्रहरी साझेदारी कार्यक्रमको अबधारणा नआउदै उनले रामपुर र निस्दीका विद्यालय वडा वडामा पुगेर प्रोजेक्टरको माध्यमबाट जनचेतनामुलक कार्यक्रम गरे । नेपालको परिवेशमा कानुन बनाएर मात्र लागु नहुने बरु कानुन बुझाउन चेतनामुलक कार्यक्रम गर्नुपर्ने र नजाने नभई जानीजानी ट्राफिक नियम मिचेर सवारी चलाउनेलाई कारबाही गरेर नै नियन्त्रण हुन्छ भन्ने ध्येय बोकेर उनी दैनिक मुल बजार क्षेत्र र विभिन्न टोल टोलमा पुग्थे । उनको काम गर्र्ने शैली नै भिन्न रहेको प्रहरी संगठन भित्रैकाले भन्ने गर्छन् । उनले साइवर अपराध, लागु औषध र सवारी दुर्घटना सम्बन्धि २५ वटा कार्यक्रम गर्न भ्याए । त्यतिमात्र होइन उनले सोही बसाईको क्रममा नगरपालिकाका सबै जसो वडामा घरेलु हिंसा, जर्वजस्ती करणी र बिबाह सम्बन्धी कसूरको बारेमा जनप्रतिनिधिहरु समेतलाई राखेर ८ वटा कार्यक्रम गरे । कतिपय स्थानमा उनी आफ्नै खर्चमा पानी तथा खाजाको समेत व्यबस्था गरेर कार्यक्रम गरेका थिए । उनै प्रहरी निरिक्षक भोजराज पाण्डे पुनः महानगरीय प्रहरी परिसर काठमाडौंबाट पुरस्कृत भएका हुन् । उनको कामको मुल्याङकनको आधारबाट होला कामको प्रसंशा गर्दै बिदाई भई जिल्ला छाड्ने बेलामा जिल्ला प्रहरी कार्यालय पाल्पाले उनको अभिलेखमा जनिने गरि रु १२ सय नगद पुरस्कारले पुरस्कृत गरेको थियो । तिनै निरीक्षक पाण्डे महानगरीय प्रहरी बृत सिंहदरवारमा सेकेण्ड म्यानको रुपमा कार्यरत छन र काम गर्नालाई कार्यालय प्रमुख मात्र हुनु पर्दैन भन्ने एउटा प्रसंशनीय र उदाहरणीय मियो बनेका पाण्डे एकै आर्थिक बर्षमा दोस्रो पटक अभिलेखमा जनिने गरि पुनः १२ सय नगद पुरस्कारले पुरस्कृत भएका हुन् । प्रायः जसो माइतिघर मण्डलामा भेटिने पाण्डे चाहे भीड नियन्त्रणको लागि होस वा अपराध अनुसन्धानको क्षेत्रमा नै किन नहोस उनी खटिएको स्थानमा सायदै कुनै बिबाद वा समस्या आइपरेको होस् । उनले हरेक बिरोध कार्यक्रममा अत्यन्त सुझबुझ र समझदारीका साथ कार्य गर्ने र सबैसंग सहकार्य गर्न अब्बल भएकै कारण उनको कामको उच्च मुल्याकंन गर्दै पुरस्कृत गरेको हो । दैनिक कार्यालयीय काम सहित समुदाय प्रहरी साझेदारी अन्तरगत शंकरदेव, आरआर लगायतका क्याम्पसहरुमा निर्भिकतापुर्वक साइवर सेक्युरिटी लगायतका चेतनामुलक प्रशिक्षण कार्यक्रममा आफै प्रशिक्षकको रुपमा सहभागी भएर नौलो र आयामिक कार्य गर्नमा पनि उत्तिकै सक्रिय छन् । यसबाट प्रहरी र बिद्यार्थी अर्थात ढुङगा र लाठीको पर्यायको रुपमा रहेको बिधमान अबस्थालाई प्रशिक्षक र बिधार्थी अर्थात गुरु र चेलामा परिणत गरिदिएको कतिपयको ठम्याई छ । हालका दिनमा गीत लेखनमा समेत सक्रिय प्रहरी निरिक्षक भोजराज पाण्डेयले ‘‘आंधी र हुरी प्रचण्ड गर्मी’’ नामक प्रहरी गीतको रचना गरेका छन् । उनको सो गीतलाई प्रहरी प्रधान कार्यालयले म्यूजिक भिडियो निर्माण गरिरहेको र छिट्टै बजारमा आउने तयारीमा रहेको छ । उनले अर्काे प्रहरी गीत पनि लेख्दै गरेको बताए । जसले लामो र गौरवशाली ईतिहास बोकेको नेपाल प्रहरीलाई जनमानसमा गीतको माध्यमबाट चिनाउन र सुमधुर सम्बन्ध कायम गर्न एउटा अचुक अस्त्र हुने पाण्डेले विश्वास लिएका छन् । यसरी नेपाल प्रहरी जस्तो २४ संै घण्टा तैनाथ हुुनुपर्ने सेवामा पनि रचनात्मक कार्य र सहकार्यको भावले उनले दैनिक कामकाज र वातावरणलाई सहज बनाउदै सक्रियतापुर्वक काम गर्दै आएका छन् । अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्ने सवालमा उनको हरेक बोलीमा कानूनी भाषा र वातावरणलाई शान्त पार्ने शैली र क्षमताले हुनसक्ने घटनामा पनि अपराधका घटना निकै कम हुन पाएका छन् ।