नेपालमै पहिलोपटक काभ्रेका एक युवकको बर्डफ्लुका कारण मृत्यु भएको पुष्टि भएको छ ।
‘एच फाइभ एनवान’ का कारण काभ्रेका २१ वर्षीय युवकको मृत्यु भएको हो ।
‘एचफाइभ एनवानबाट नेपालमै पहिलोपटक मानिसको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
खोकी, स्वासप्रश्वासलगायत समस्याबाट पीडित युबकको गत चैत १५ गते ती मृत्यु भए पनि उनलाई के रोग लागेको भन्ने खुलेको थिएन । खोकी, स्वासप्रश्वासलगायत समस्याबाट पीडित युवकको उपचारकै क्रममा मृत्यु भएको थियो ।
बिरामी युवकको र्यावल परीक्षणका लागि जापान पठाएको र बर्डफ्लुकै कारण उनको ज्यान गएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयले ती युबकको पहिचान भने खुलाएको छैन ।