काली गोरी जे भए नि तिमी मेरी आमा

0
793

बिष्णु तिमिल्सिना

 

काली गोरी जे भए नि तिमी मेरी आमा नै हौं
हिरा तिमी मोति तिमी सुन चाँदी तामा नै हौं।

लुगा बनी ढाकिरह्यौ जाडो हुदा काख राखी
शीलवती सत्यवती देवी रुप रामा नै हौं।

मेलापात ढिकिजाँतो सङ्गसङ्गै बोकी हिड्यौ
छोपीदियौ लाज मेरो वस्त्र स्वरुप जामा नै हौं।

भोक लागि रुन लाग्दा दस धारा दूध दियौ
खोजे पनि जगतमा नपाइने धामा नै हौं ।

धर्ती तिमी तीर्थ तिमी घाम पानी छेक्ने तिमी
कोटि कोटि प्रणाम छ दयारुपी मामा नै हौं ।