मिडिया काउन्सिल विधेयक विरुद्ध पोखरामा प्रेस युनियनको विरोध प्रदर्शन

0
980

पोखरा ।  नेपाल प्रेस युनियन कास्कीले बिहीबार पोखरामा बृहत बिरोध प्रदर्शन गरेको छ ।
स्वस्थ, स्वतन्त्र, मर्यादित र उत्तरदायी पत्रकारिताको विकास तथा सम्बद्र्धन गर्ने नाममा सरकारले बनाउन लागेको नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक र आमसञ्चार विधेयकमा राखिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी व्यवस्था हटाउनुपर्ने माग गर्दै नेपाल प्रेस युनियन कास्कीले  बिरोध प्रदर्शन गरेको हो  ।
बिरोध प्रर्दशन कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेलले मिडिया माथि आक्रमण गरेर बर्तमान सरकार तानाशाह बन्न खोजेको आरोप लगाए ।उनले मिडियालाइ शत्रुको रुपमा हेर्ने सरकारको आयु धेरै नभएको पनि दाबी गरे । जननिर्बाचित सरकारले मिडियालाई शत्रु देख्नु दुखद बिषय रहेको उनको भनाइ थियो ।

नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रीय सदस्य तथा  प्रेस युनियन कास्कीका सल्लाहकार रबिन्द्र बाँस्तोलाले
प्रेसमाथि सरकारले लगाउन खोजेको प्रतिबन्धले आम नागरिकको सूचनाको हक खोसिने बताउँदै अब पत्रकार मात्र होइन आम सर्वसाधारण पनि सडकमा आउनु जरुरी रहेको औंल्याए ।

नागरिकको सूचना पाउने हकलाई कुण्ठित गर्ने मनसायले बर्तमान सरकारले  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्न लागेको नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले बताईन ।

मन्त्रिपरिषदबाट पारित भइ संसदमा पेश भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक, संसदमा बिचाराधीन रहेको विज्ञापन नियमन गर्न बनेको विधेयक, सूचना प्रविधिका सम्बन्धमा ब्यवस्था गर्ने बनेको विधेयक र संसदमा लैजाने तयारी भएको आमसञ्चार विधेयक लगायत पाइपलाइनमा रहेका विधेयकमा गरिएको जरिवाना तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्था नेपालको स्वतन्त्र पत्रकारिताको घाँटी थिच्ने नियतले ल्याइएको उनको भनाई छ ।
पोखराको महेन्द्रपुलबाट  सुरु भएको बिरोध ¥याली बिपि चोकमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियन कास्कीका  अध्यक्ष नबिन सिग्देलले  सरकारले ल्याउन लागेको विधेयक नसच्चिएसम्म आन्दोलन जारी रहने बताए ।
कार्यक्रममा  पत्रकारका विभिन्न पेशागत संघ संगठनमा आवद्ध सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।