पुनर्वासमा हुन लागेको जागरण अभियानको तयारी तिब्र , नेपाली काँग्रेसका बरिष्ठ नेता राम चन्द्र पौडेलले सम्बोधन गर्ने

0
735

जुद्ध चौधरी पुनर्वास ।
नेपाली काँग्रेसको  जागरण अभियानका क्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जेठ ८ गते कञ्चनपुरको पुनर्वासमा आउने भएका छन। जिल्लाको दक्षिणी क्षेत्रको चुनावी क्षेत्र नं। १ स्थित पुनर्वासको आइबिआरडीमा कार्यकर्ता भेटघाट तथा प्रशिक्षणका लागि नेता पौडेल पुनर्वास आउने कार्यक्रम तय भएको क्षेत्रिय सभापती गोपी प्रसाद उपाध्यायले बताए । जेठ ८ गते बिहान ८ बजे देखि १२ बजे सम्म पुनर्वासको आइबिआरडीमा वरिष्ठ नेता पौडेल द्वारा सम्बोधन गरिने कार्यक्रम रहेको नेपाली काँग्रेस पार्टीले जनाएको छ। वरिष्ठ नेता पौडेल पुनर्वास आउने भएपछि कार्यक्रमलाई सफल पार्न नेपाली काँग्रेसको शनिबार बसेको बैठकले विभिन्न समितिहरू समेत गठन गरेको छ। मञ्च ब्यबस्थापन , प्रचारप्रसार , स्वागत र मिडिया लगायतका समिती गठन गरि कार्यक्रमलाई भब्यताका साथ सफल पार्ने कार्यक्रम तय गरिएको नेपाली काँग्रेसले जनाएको छ । शनिबार पुनर्वासको आइबिआरडीमा बसेको बैठकमा नेपाली काँग्रेसका नेता तथा पुर्व साँसद दिवानसिंह बिष्ट प्रमुख आतिथि रहेका थिए ।  पुनर्वास नगर सभापति यमप्रसाद पौडेलको सभापतित्वमा बसेको बैठकले वरिष्ठ नेता पौडेलको कार्यक्रम भव्यताका साथ सम्पन्न गराउन   विभिन्न उपसमिति तयार गरेको बताइएको छ ।