त्रिशूली बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

0
553

 

धादिङ । धादिङको गजुरी गाउँपालिका ६ बन्छेटारस्थित त्रिशूलीमा आइतबार बिहान बस खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ । ४ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।२९ जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी, काठमाडौं थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी, धादिङकै राजन आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रकाश श्रेष्ठ, शेखर मगर र उज्ज्वल पाण्डेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना.७ख ४३८७ नम्बरको यात्रुवाहक बस बिहान ६ बजे त्रिशूली नदीमा खसेको हो । बस सडकबाट ६० मिटर तल त्रिशूलीमा खसेको हो ।

तस्बिर : सुदर्शन रञ्जित ।