सरिता तिम्सिना पगेनी
पोखरा ।
गुणस्तर तथा नाप र तौल सम्बन्धी ठगिबाट बच्न आम उपभोक्ता सचेत हुनु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । बिश्व नापतौल दिबसको अबसरमा सोमबार गुणस्तर तथा नापतौल कार्यलय ,पोखराले आयोजना गरेको स्टाण्डर्ड नाप र तौल ऐन सम्बन्धी जानकारी गराउने उदेश्यले आयोजना गरिएको एक कार्यक्रमका सहभागीले सो कुरामा जोड दिएका हुन । कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यलय कास्कीका निमित्त प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले नाप र तौल सम्बन्धी ठगि बाट बच्न आम उपभेक्ता समेत सचेत हुनु पर्ने बताए । उनले नेपाल गुणस्तर प्रमाण चिन्ह ऐन २०३७ तथा नियमावली २०४० र स्टाण्डर्ड नाप र तौल ऐन २०२५ तथा नियमहरु २०२७ कार्यन्वयनको निम्ति प्रदेश र स्थानीय सरकारको भुमिका महत्वपुर्ण हुने बताए । उनले ब्यापारी ब्यबसायीलाई जिम्मेवार भएर ब्यबसाय गर्न आग्रह गरे । पर्याप्त अनुगमनको अभाबमा उपभोक्त ठगिएका छन भन्दै उनले आफु ठगिएको थाहा पाएपछि अनुगमन समितिलाई तुरुन्त सुचना दिन समेत आग्रह गरे ।
कार्यक्रममा सहजीकरण गर्दे गुणस्तर तथा नापतौल कार्यलय ,पोखराका बरिष्ठ निरिक्षक सन्तोष शर्माले स्प्रिङ्ग ब्यालेन्स अबैधानिक भएकाले सामान खरिद गर्दा नाप तौलका यन्त्र जाँच पास भएका छन छैनन् यकिन गरेर मात्रै खरिद गर्न आग्रह गरे । उनले ट्याक्सी चढ्दा मिटर जाँच पास ठिक छ छैन ख्याल गरेर मात्रै ट्याक्सी चढ्न पर्नेमा जोड दिए । तौल गरि सामान खरिद गर्दा ढुङ्गा,ईट्ठा,भारतीय ६कुने ढक ,काठको डण्डीबाट सामान तौल गरेमा त्यस्ता ब्यापारी वा ब्यबसायी बाट सामान खरिद नर्गन आग्रह गरे । शर्माले मोहरबन्द प्याकेजहरु अर्थात प्याकिङ्ग गरिएको सामान खरिद गर्नु परेमा प्याकेजमा उक्त सामानको खुद तौल,उत्पादक, उत्पादन मिति आदि हेरेर मात्र खरिद गर्नु पर्नेमा जोड दिए ।निर्माण सामाग्री ,इन्धन ,सुनचाँदी आदि खरिद गर्दा कुनै शंका लागेमा गुणस्तर तथा नापतौल कार्यलयमा उजुरी गर्न समेत उनले आग्रह गरे ।
उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले उपभोक्ता संग जोडिएका कानुन कार्यनवयन गराउन उपभोक्ताबादीहरुलाई सहकार्य गर्दे अघि बढ्नु पर्नेमा जोड दिए ।उनले असल ब्यबसायीलाई प्रोत्साहित गर्दे गलत ब्यबसायीलाई दण्डीत गर्नु पर्ने बताए । पोखरामा अझै पनि अबैध ढक तराजु प्रयोग , दर्ता बिना नै ब्यबसाय संचालन भईरहेकाले अनुगमनको पाटोलाई थप प्रभाबकारी बनाउनु पर्ने बताए ।
गुणस्तर तथा नापतौल कार्यलय ,पोखराका सहायक निरिक्षक रघु पौडेलले सामान तौल गर्दा तौलने यन्त्र नापतौल कार्यालयबाट प्रमाणित गराएको नगराएको सोधपुछ गर्न तथा नाप तौल गर्नु अगाडि नाप्ने वा तौलने यन्त्र शुन्य गरेको नगरेको हेरेर मात्र सामान खरिद गर्न आग्रह गरे ।
कार्यक्रममा पोखराका ब्यपारी ,ब्यबसायी र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.