पोखराको विन्ध्यवासिनी मन्दिर हाताभित्र स्नानगृह सहितको अपांगमैत्री शौचालय

0
1258

 

पोखराको विन्ध्यवासिनी मन्दिर हाताभित्र स्नानगृह सहितको  अपांगमैत्री शौचालय निर्माण गरिएको छ ।  लायन्स क्लब ईन्टरनेशनल  ३२५ वी १ अन्र्तगतका रिजन १० र जोन २० अन्र्तगतका क्लबले शौचालय निर्माणमा सहयोग गरेका हुन । लायन्स क्लब अफ पोखरा समृद्धि, समर्पण, लेकसाइड र स्वर्णिम सिटीको पहलमा शौचालय निर्माण गरिएको हो ।  ६ लाख ७५ हजार रुपैयाँको लागतमा शौचालय निर्माण गरिएको जोन चियर पर्सनजोन    २० )     लायन बिन्दु श्रेष्ठले पोखरा पोष्टलाई  जानकारी दिइन् ।
सोमबार एक कार्यक्रम बिच शौचालयको चावी लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका गभर्नर अशोक कुमार श्रेष्ठले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।कार्यक्रममा बोल्दै श्रेष्टले सबैले आफु सक्दो दान गरेर दिएर बाँच्ने संस्कारको बिकास गर्नु पर्ने बताए । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले  विन्ध्यवासिनी मन्दिरलाई नेपालकै नमूना बनाउन सबैको साथ र सहयोग आबश्यक रहेको बताए ।


लायन्सका मूल्यांकन कमिटीका संयोजक तीर्थलाल श्रेष्ठले लायन्स क्लबहरुले गरेको निःस्वार्थ भाव बाट अरुले पनि पाठ सिक्नु पर्ने   बताए ।
लायन्स विश्वकै उत्कृष्ट सामाजिक संस्था भएको रिजन चियर पर्सन जगन्नाथ तिमिल्सिनाको भर्नाइ थियो ।
समृद्धि लायन्सकी अध्यक्ष कुश्मा राणाको अध्यक्षतामा भएको कार्यक्रममा जोन चियर पर्सन विन्दु श्रेष्ठ,, लायन्स क्लब अफ लेकसाइडका अध्यक्ष बलराम पहारी  र लायन्स क्लब अफ पोखरा स्वर्णिम सिटीका अध्यक्ष गोविन्द देवकोटाले पनि बोलेका थिए ।  ।