नरेन्द्र मोदी नेतृत्वको भाजपा विजयी

0
955

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा बहुमत प्राप्त गर्दै अर्को पाँच वर्षका लागि जनमत प्राप्त गरेका छन्।

पछिल्लो मतगणना परिणाममा भाजपाले कूल ५४३ मध्ये लगभग ३०० सिट जित्ने पक्का भएको छ। राहुल गान्धीको नेतृत्वमा रहेको भारतीय राष्ट्रिय कंग्रेसले भने औपचारिक रूपमा निर्वाचन परिणामका बारेमा बोलेको छैन। तर एक जना प्रवक्ता जयवीर सेरगिलले बीबीसीसँग कुरा गर्दै निर्वाचन परिणाम अप्रत्याशित भएको बताएका छन्। “हामीले यस्तो हारको अपेक्षा गरेका थिएनौँ,” उनले भने. “हामी चुनावी वाचाहरू राम्रोसँग सञ्चार गर्न सकेनौँ।”

“जनमत संग्रह”

छ हप्ता लामो निर्वाचन प्रकृयामा छ करोडभन्दा बढी मतदाताहरू सहभागी भएका थिए।यो आम निर्वाचनलाई प्रधानमन्त्री मोदीको हिन्दू राष्ट्रवादी भाजपाका लागि जनमत संग्रहका रूपमा पनि हेरिएको थियो।

मोदीले मतदानपछिको प्रारम्भिक मत सर्वेक्षण एक्जिट पोलका अनुमानहरूभन्दा पनि बढी मत हासिल गर्ने जस्तो देखिन्छ। र घोषणा भएका आंशिक नतिजाहरूको आधारमा हेर्दा उनको पार्टिले सन् २०१४मा प्राप्त गरेका भन्दा बढी मत हासिल गर्ने देखिन्छ।

बि.बि.सी न्यूजबाट