प्रहरीद्वारा कुटिए काँग्रेसबाट निर्वाचित वडाध्यक्ष

0
774

कञ्चनपुरको पुनर्वासमा काँग्रेसबाट निर्वाचित वडाध्यक्ष तुलसी अर्याल प्रहरीद्वारा कुटिएका छन । घटनाको बिरोधमा स्थानीयले प्रहरी चौकीमा तोडफोड र टायर बालेर प्रदर्शन गरि रहेकाछन । प्रहरी चौकी डोके बजारमा गए राती ११ बजे स्थानियको बिवाद सुल्झाउन पुगेका वडा अध्यक्ष अर्याललाई प्रहरीले कुटपिट गरे पछि हिजै राती देखि स्थानीयले बिरोध प्रदर्शन गरिरहेका छन । बिरोधमा उत्रिएका स्थानियले धनगढी बेलौरी हुलाकीमार्गमा आवागमन ठप्प पारेका छन् । प्रहरी निरिक्षक कर्ण बहादुर बमको आदेशमा आफु माथी हातपात भएको वडाध्यक्ष तुलसी अर्यालले बताए। डोकेबजार प्रहरी चौकीमा आएका वादविवाद मिलाउन गएका अध्यक्ष प्रहरीबाट कुटिएका हुन। आफ्नो जनप्रतिनिधि प्रहरीबाट कुटीएपछि आक्रोशित स्थानियले प्रहरी चौकी घेराउ गर्नुका साथै चौकी अगाडि टायर बालेर दोषीलाई कार्बाहीको माग गरेका छन। विवाद उग्र हुने देखिएपछि नेपाल प्रहरी र शसस्त्र प्रहरी बाक्लो संख्यामा परिचालन गरिएको छ ।