संघीय लोकतन्त्रमा केपी ओलीको भुमिका छैन: काँग्रेस नेता घिमिरे

0
845

दीपेन्द्र बस्नेत
बेलौरी  । संघीय लोकतान्त्रिक ब्यबस्थाका निमित्त गरिएको राजा बिरोधि संघर्षको खिल्ली उडाउने केपी ओलीको जनाअन्दोलनमा कुनै भुमिका नभएको नेपाली काँग्रेसले चलाएको जनजागरण अभियान अन्तर्गत बेलौरीमा आयोजित अन्तर्कृयामा शुक्रवार  नेपाली काँग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले बताएका छन् ।
पार्टीको सुदृढीकरणका लागि कार्यकर्ता र जनता संग अन्तर्कृया गर्न नेपाली काँग्रेसले चलाएको जनजागरण कार्यक्रमको अबसरमा बेलौरीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेता घिमिरेले भने ” लोकतन्त्र नचाहने राजा विरुद्ध काँग्रेसले आन्दोलन गर्दै  संघिय लोकतान्त्रिक ब्यबस्था र लोकतन्त्रको पुनर्वाहलीको मागको खिल्ली उडाउदै आन्दोलन भनेको बयलगाडा चढेर अमेरिका पुग्ने सपना हो भन्दै आएका केपी ओलीको संघिय लोकतन्त्र स्थापनामा कुनै भुमिका रहेको छैन । ”
शुक्रवार बेलौरीमा आयोजित नेपाली काँग्रेसको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता घिमिरेले भने ” जनतालाई भ्रममा राखेर केपी ओलिले राज गर्दैछन हिजो जनाअन्दोलनको खिल्ली उडाएका ओली अहिले  प्रधानमन्त्री छन् । राष्ट्रवादको मुखुण्डो लगाएर जनतालाई भ्रममा पारेका छन यहि मुखुण्डो उतार्न काँग्रेसले जागरण अभियान सञ्चालन गरेको हो ।
नेता घिमिरेले भने” सिद्धान्त एकातिर कम्युनिस्ट अर्को तिर दौडिरहेका छन् । उनले भने नेपाली काँग्रेस जात , भुगोल र समुदाय हेरेर राजनीति गर्दैन ।  राजनीति भनेको नारा होइन व्यवहार हो तर कम्युनिस्टको नारा एउटा व्यवहार अर्कै छ ।
बेलौरीको खुला मञ्चमा क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्यायको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहरा, सचीव दिवाकर पाण्डेय , ट्रेड युनियन काँग्रेसका सिद्धराज भट्ट लगायतका नेताहरुले सम्बोधन गरेको अन्तर्कृया कार्यक्रमको सञ्चालन क्षेत्रीय सचीव विश्राम रानाले गरेका थिए  ।