सरिता तिम्सिना पगेनी
कास्की । नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेले गुटउपगुटका कुरा लिएर गाउँ छिर्ने नेतालाई लखेट्नु पर्ने बताएकी छन । कास्कीको माछापुच्छ्र«े गाउँपालिका वडा नं ३ घाचोकमा काँग्रेसको जागरण अभियान कार्यक्रममा गाउँका कार्यकर्ताले पार्टी भित्रकै गुटउपगुटका कारण नेपाली काँग्रेसको अबस्था कमजोर भएको भन्ने गुनासो लाई सम्बोधन गर्ने क्रममा पाण्डेले गुटउपगुटका कुरा लिएर गाउँमा आउने नेतालाई गाउँकै कार्यकर्ताले लखेट्न पर्ने बताएकी हुन । कार्यक्रममा बोल्दै पाण्डेले भनिन् काँग्रेसको मुहान भनेको गाउँ हो ,गाउँबाटै गुटउपगुटको अन्त्य गर्न सकियो भने केन्द्र आफै सुध्रिन बाध्य हुन्छ । वडा तह बाटै प्रतिनिधि पठाउदा बिचार गर्नु होला कोषाध्यक्ष पाण्डेले भनिन् गुटउपगुटका कुरा गर्नेलाई गाउँ प्रबेशमै रोक लगाउनु होला। म नेपाली काँग्रेस हुँ भन्ने भावनाले काम गर्न उनले कार्यकर्तालाई अनुरोध समेत गरिन । जटिल परिस्थितिमा पनि चुनाब जितेको काँग्रेसको उर्बर भुमि घाचोकमा स्थानिय तहको चुनाब हार्नु दुखद बिषय भएको भन्दै पाण्डेले बिगतका कमिकमजोरीलाई समिक्षा गर्दे बलियो र सक्षम काँग्रेस बनाउन सबै एकजुट भएर लाग्न आग्रह गरिन ।

