किशोर तामाङ
बेलौरी ।अनियमितता र भ्रष्टाचार गरि सेवा प्रवाहमा जनतालाई सास्ती दिदै आएको भन्दै पश्चिम नेपालको कैलाली – कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरी स्थित नेपाल बिद्युत प्रधिकरणको कार्यालयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तालाबन्दी गरिएको छ ।
नेपाली काँग्रेस क्षेत्रिय सभापति गोपि प्रसाद उपाध्यायको नेतृत्वमा सोमबार मध्यान्ह प्राधिकरणको कार्यालयमा पुगेका कांग्रेसका नेता–कार्यकर्ता लगायत स्थानियहरुले कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
नेपाल बिद्यूत प्राधिकरण शाखा कार्यालय बेलौरी बितरण केन्द्रका ईन्चार्ज सुनिलकुमार शाह प्रमुखका रुपमा आए लगत्तै बिद्युत शाखामा मौलाएको अनियमित्ता,भ्रष्ट्रचार र घुस खाने प्रवृति बढ्दै गएको र शाहले गरेको लापरबाही र मनोमानीले गर्दा सर्वसाधारण जनताले सास्ती खेप्नु परे पछि तालाबन्दी गर्न बाध्य भएको नेपाली काँग्रेसले जनाएको छ ।
कार्यलय प्रमुखका विरुद्ध दिनहु जनगुनासो आए पछि सो बिषय बारे सोधपुछ गर्दा झनै कार्यालयमै उपस्थित नभई दिने , सुनवाई नै नगरिदिने ,नेपाल सरकारको कार्मचारी पार्टीको कार्यकर्ता जस्तो शैलीमा रवाफ देखाउने कार्य गर्दै गए पछि बाध्य भएर तालाबन्दी गरिएको बन्दाकर्ताले बताएका छन ।
कार्यालयमा न्यून उपस्थििती ,सवारी साधनको दुरपयोग , ,मिटर बितरणमा समेत कमिसन खाना खोज्ने,ट्रान्सफर्म। र भोल्टेज थपमा पनि रकम माग गर्ने । सरकारी ट्रान्सफर्मर र पोल बितरणमा केही बिचौलियहरु संग मिलेर जहाँ कमिसन मिल्छ उतै माथिको आदेश हो भनी पठाउने गरेको जनगनासोहरु पटक पटक आए पछि कमीकमजोरी सच्याउन पटकपटक आग्रह गर्दापनि झनझन लापरबाही बढ््दै गएकोले तालाबन्दी गर्नुपरेको नेपाली कांग्रेसका क्षेत्रीय सभापती गोपी प्रसाद उपाध्ययले बताए ।
बेलौरी शाखा कार्यालयको कामकाज ठप्पा नहुने किसिमले अन्दोलनको पहिलो चरणको रुपमा कार्यालय प्रमुखको कार्यकक्षमा मात्र ताला बन्दी गरिएको र यसलाई बेवास्ता गरेमा आफुहरु कडा भन्दा कडा अन्दोलन गर्न सक्ने चेताउनी दिएका छन । नेपाली कांग्रेसका बेलौरी नगर सभापती रामलाल रानाले तालाबन्दी गर्नु आफुहरुको रहर नभई बाध्यता भएको बताए ।