बुधबार इदको सार्वजनिक बिदा

0
1119

काठमाडौं : सरकारले मुस्लिम धर्मावलम्बीको विशेष पर्व ‘इद उल फित्र’को अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ।

मन्त्रिपरिषद् बैठकले यसअघि नै इद उल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। मंगलबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै गृह मन्त्रालयले बुधबारका लागि बिदा दिएको हो।गत वर्ष सरकारले बिदा कटाैती गरेपछि मुस्लिम अगुवाहरूले ईदमा बिदाकाे माग गर्दै आएका थिए। सरकारले मुस्लिम आयाेगकाे सिफारिसमा बिदा दिने निर्णय गरेकाे हाे।