कास्की ।कास्कीबाट जिल्ला सेक्रेटरी सहित विप्लव माओबादीका १८ कार्यकर्ता मध्यरातमा पक्राउ परेका छन । नेपाल प्रहरीले गए राति कास्की जिल्ला सेक्रेटरी मिलन राई (आक्रोश) सहित १८ जनालाई पक्राउ गरेको हो । कास्कीको अन्नपुर्ण गाँउपालिका वडा नं ११ स्थित स्थानिय आमा समुहको हलमा बैठक बसिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको बताइएको छ । पक्राउ गर्नुु अघि शनिबार दिउँसो नै प्रहरीले उनीहरुलाई घेराउ गरेर राखेको थियो ।
पक्राउ पर्नेमा ४ महिला सहित १३ पुरुष रहेका छन । उनीहरुलाई शनिबार राति नै पोखरा ल्याइएको प्रहरीले जनाएको छ ।