यस्तो संस्थागत भ्रष्टाचार त कहिल्यै भएको थिएन : काँग्रेस सहमहामन्त्री महत

0
927

कास्की । नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले केपी ओली नेतृत्वको बर्तमान नेकपा सरकारको पालामा संस्थागत भ्रष्टाचार बढी भएको आरोप लगाएका छन । ।नेपाल प्रेस युनियन कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महतले भने , अलि अलि  भ्रष्टाचार त पहिला पनि नभएका होइनन् तर यस्तो संस्थागत भ्रष्टाचार त कहिल्यै भएको थियन ।   वाइडबडी काण्ड ,बुढि गण्डकी काण्ड ,बालुवाटार काण्ड लगायतका  काण्डको अख्तियार वा अदालतले छानबिन गर्नु पर्छ भन्दै महतले भने , सरकार आफै भ्रष्टाचार गर्ने र आफै समिति बनाएर छानबिन गर्छु भन्नु कहाँ सम्म  जायज हो   । सत्ता संचालन गर्ने नेतृत्व आफै न्याधिशको शैलीमा  अभिब्यक्ति दिदै हिडको छ भन्दै महतले भने ,बर्तमान सरकार आफै न्यायधिश बन्न खोजेको  छ ।   काँग्रेसको महाधिबेशन प्रकृया कहिले र कसरी शुरु हुन्छ भन्ने संचारकर्मीको प्रश्नमा महतले भने ,पाटीको नीति भित्र रहेर प्रकृया अनुसार महाधिबेशन हुन्छ ,अहिल्यै देखि ढोल पिट्न आबश्यक छैन ।    नेपाली काँग्रेसको पहिलो चरणको राष्ट्रिय जाँगरण अभियान सफलता पुर्बक सम्पन्न भएको भन्दै सहमहामन्त्री महतले  जाँगरण अभियानले  काँग्रेसका कार्यकताहरुले क्रियाशिल हुने अबसर पाएको बताए ।