पोखरा ।रुपा गाउँपालिकाका धार्मिक, सांस्कृतिक, ब्यापार, व्यवसाय तथा खेलकुदको विकासमा टेवा पु¥याउने उद्धेश्यले राजन सुबेदीको अध्यक्षतामा समृद्ध रुपा क्लव गठन भएको छ । रुपा गाउँपालिकाका युवाहरुको शनिबार भएको भेलाले सुबेदीको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा जितबहादुर थापा, द्वितीय उपाध्यक्षमा सरिता कुमाल, महासचिवमा निलकण्ठ घिमिरे र कोषाध्यक्षमा हरिकला भुर्तेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सञ्जीव सुबेदी, सन्दीप ओझा, सुरेश गुरुङ, दीपक अधिकारी, ईसदी मिया, ओमकुमारी गुरुङ, रमेश ओझा र अशोक परियार रहेका छन् ।
समितिमा पछि ४ जनालाई मनोनयन गरिने जनाइएको छ ।