हावाहुरी पिडितका घरदैलोमा पुगे काँग्रेस नेताहरु

0
1084

दीपेन्द्र बस्नेत
पुनर्वास ।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा हावाहुरीले जनताको भौतिक क्षेती पुर्याएको ५ दिन बितिसक्दा समेत क्षेत्रबाट बिजयी नेताहरुको कुनै प्रतिक्रिया न आइरहेको बेला काँग्रेस नेताहरु भने राहत उद्धार कार्यमा खटेका छन् ।
बिहिवार आएको हावाहुरीका कारण क्षेति पुगेका जनताका घरको अवलोकन र राहत तथा उद्धारका लागि काँग्रेस नेता तथा पुर्व साँसद दिवानसिह बिष्ट बेल्डाँडी र लालझाडीमा पुगेका छन् । हावाहुरीबाट क्षेती बेहोरेका दक्षिणी भेगका स्थानीयको घरदैलोमा पुगेका काँग्रेस नेता तथा पुर्व साँसद बिष्टले भने ” पिडितहरुको राहत र उद्धारका लागि काँग्रेसले आफ्ना सबै कार्यकर्ता र भातृ संगठनका कार्यकर्तालाई परिचालन गरिएको छ । ” उनले भने ” राष्ट्रिय जागरण कार्यक्रमका कार्यक्रमलाई स्थगित गर्दै हामी पीडित जनताको चोटमा मलहम लगाउन पिडितका घरदैलोमा पुगेका छौं ।”
हावाहुरी पीडितहरुको बस्तीमा नेपाली काँग्रेसका नेता तथा पुर्व साँसद दिवानसिंह बिष्ट , पुर्व क्षेत्रीय सभापति हरेन्द्र बिष्ट , क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्याय लगायतको काँग्रेस नेताहरुको टोली अबस्था बुझ्न र राहत जुटाउन खटेको छ ।
आफ्नो निर्वाचन क्षेत्रमा हावाहुरीले जनताको घरबास उडाउदा समेत निर्वाचित साँसद र मन्त्रीहरुको बिज्ञप्ती सम्म नदिएकाहरुले अरु राहत र क्षेतिपुर्ती के देलान ।
हावाहुरीले घरबास उडाएका जनता प्रति अझ बढी संबेदनसिल निर्वाचित साँसद र मन्त्री हुनु पर्ने भए पनि मोज मस्तीमै उनिहरु रुमलिएको बेल्डाँडीका पिडित चेतराम मालीले बताए ।
जिल्लाको दक्षिणी क्षेत्रको बेल्डाँडी , बेलौरी , लालझाडी र पुनर्वास लगायतका हावाहुरी पीडित जनताको बस्तीमा घटनाको ५ दिन पुग्दा समेत निर्वाचित साँसद र मन्त्री पुग्न नसक्दा पीडितहरुमा निरासा बढेको छ ।