बिद्यालयमा स्टेशनरी तथा खेलकुद सामाग्री बितरण गर्दे लायन्स क्लब अफ पोखरा नर्थ

0
1417

पोखरा । लायन्स क्लव अफ पोखरा नर्थले कास्कीको माछापुच्छ«े गाँउपालिका ८ खोराकोमुख, कास्कीको श्री हरिप्रसाद आधारभुत बिद्यालयमा  स्टेशनरी तथा खेलकुद सामाग्री सहयोग गरेको छ ।
क्लबका अध्यक्ष बिनोदप्रसाद त्रिपाठी क्लवले विगतमा स्वास्थ शिविर, ह्विल चेयर बितरण कार्यक्रम, बृक्षारोपण कार्यक्रम, न्यानो कपडा बितरण कार्यक्रम लगाएतका कार्यक्रम गरेको स्मरण गर्दै बिद्यार्थीका लागी ३०० थान कपि, कलम र खेलकुद सामाग्री बितरण गरिएको जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका डिष्ट्रिक पि. आ. ओ प्रमेश्वर बरालले लायन्स क्लवले सामाजीक सेवालाई केन्द्र विन्दु बनाइ आफू भन्दा कम अवसर पाएकालाई सहयोग गर्दै आएको वताए ।
रिजन चेयरपर्सन मोतिराज तिम्सिनाले मानविय सेवामा समर्पित विश्बकै सबैभन्दा ठुलो सामाजिक संस्था लायन्स क्लवले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
क्लवका अध्यक्ष बिनोद त्रिपाठीको अध्यक्षतामा सम्पन्न  कार्यक्रमको संचालन क्लवका एम सि पि गुञ्जमान गरुङले गरेका थिए भने स्वागत  कार्यत्रम संयोजक रामप्रसाद अधिकारीले गरेका थिए ।