आफ्नै १८ बर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा नेपाल सरकारका उपसचिव पक्राउ

0
895

 

काठमाडौं ।आफ्नै  १८ बर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा  नेपाल सरकारका उपसचिव पक्राउ परेका छन् । प्रहरीले सोमबार १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा  बाबुलाई पक्राउ गरेको हो ।ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय उपसचिबले   घरमा कोही नभएको मौकामा आमा अहिले आउँदिन भन्दै जबरजस्ती करणी गर्दै आएका थिए ।प्रहरीमा  जाहेरी दिएपछि घटना बाहिर आएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।