ग्यारेजमा थन्किएको कांग्रेसको गाडीको गियर, पहिलो जागरण बाट एक नम्बरमा आयो

0
1251

सिबि क्षेत्री प्रबेग

ग्यारेजमा थन्किएको कांग्रेसको गाडीको गियर पहिलो जागरण बाट एक नम्बरमा आयोको छ ।
अब गति लिनेमा आशंका छैन । नेपाली राजनीतिको प्रभाबशिला मियोमा रहेको नेपाली कांग्रेसले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अहमभुमिका खेल्दै देश र सार्बभौमसत्ता स्वाधीनता अखण्डता बचाउदै आएको  जगजाहेर छ ।जनताको मर्म र भाबनाको चाहाना देशको आबश्यकताको लागि नेपाली कांग्रेसलाई स्थापना गरिएको हो ।जनताको पक्षमा सदैब त्याग गरिरहेको  कांग्रेसले देश र जनताको लागि कलेजो दियो कांग्रेसले मुटु दियो ,कांग्रेसले आँखा दियो, कांग्रेसले नेपाली जनता प्रती सदैब समर्पित भएर कार्य गर्दै आएको छ । प्रजातन्त्र उर्बर भुमी भनेर कांग्रेसलाई दाज्न सकिन्छ । कांग्रेसको बलिदानी बाट नेपाली जनताले स्वतन्त्रता हक अधिकार प्राप्त गर्न्र पाएको इतिहास ले सेतो पानामा कालो मसिले रंगाएको छ।देशमा जुम्ल्याहा कम्युनिष्टको जोड र जनता प्रती भ्रमित लालचको ललिपप देखाउने कम्युनिष्टका लोकप्रियता  भ्रमित पानालाइ चिर्न नसक्दा कांग्रेस ले यो पटक निर्वाचन नराम्रो सङ्ग हार्नु परेको छ । हार पछि कांग्रेस ग्यारेजमा थन्किएको  गाडी जस्तो थियो तर हारेर पनि नथाकेको कांग्रेसले देशब्यापी उर्जाशिल कांग्रेस बनाउन जागरणको तय गर्यो ।जागरणको मुल मर्म हो आगमि दिनमा कांग्रेस एजेन्डा कार्यक्रता नेता र जनता सङ्ग समन्वय सद्भाव लाई सम्प्रेषणको लागि पार्टीलाई स्वरुप दिनु । पहिलो चरणको जनजागरण कार्यक्रम उत्साहका साथ सम्पन्न भएकोमा हामी सबैलाई बधाई १ पार्टी भित्रका क़याडर ब्यबस्थापन गरौ अनि बाक़ी २ चरणका जागरण कार्यक्रम लाई अत्यन्त गम्भीर छलफल गरेर लैजाऊ १ सरकार , कम्युनिस्ट पार्टी या अन्य विपक्षी पार्टीको विरोध र आलोचना गरेर मात्र न कांग्रेस बन्छ न देश  १ पहिलो काम पार्टीका क़याडरहरू ब्यबस्थापन गरौ अनि कांग्रेस बनाउने हो भने पहिला देश बनाउने १० बर्षे योजना बनाउ । बिज्ञहरूलाई राखेर गहन छलफल गरौ । निष्कर्ष बोकेर दोस्रो र तेस्रो जागरण अभियानमा गाऊँ गाऊँ जाऊँ । कांग्रेस आफै बन्ने छ । पहिलो जागरणलाई उत्साह पुर्ण सु सप्पन्न गराउन सहयोग गर्नुहुने आदरणीय अग्रज नेता गण कांग्रेस प्रती शुभछेक साथीहरू र जनताहरु प्रती हार्दिक धन्यवाद आभार व्यक्त गर्दछु ।जय नेपाल