पोखरा ।उद्यमी युबा समृद्ध देश ,दिगो बिकास लक्ष्यमा समान परिबेश भन्ने मुल नाराका साथ युबाहरुको क्षेत्रमा काम गर्दे आएको संस्था नेपाल युबा परिषद् गण्डकीले गण्डकी प्रदेश स्तरीय युबा सम्मेलन गर्ने भएको छ । यही असार १३ र १४ गते पोखरामा हुन लागेको सम्मेलनमा ११ जिल्लाका १८ देखि ३० बर्ष उमेर समुहका २०० जना युबाहरु सहभागी हुने छन । देशको करिब ४१ प्रतिशत जनसंख्या ओगटेको युबाहरुको नेतृत्व बिकास गर्नुका साथै समग्र देशको बिकासमा टेवा पुर्याउने उदेश्यले सम्मेलनको आयोजना गर्न लागिएको नेपाल युवा परिषद् गण्डकी प्रदेशका संयोजक मोनीका रानाभाटले पोखरा पोष्टलाई जानकारी दिइन। देशका बिभिन्न जिल्लाका क्रियाशील युबाहरु संग सहकार्य गर्दे युबा परिषद्ले देशका ५२ वटा जिल्ला र ७ वटै प्रदेशका युबाहरु संग काम गरिरहेको पनि संयोजक रानाभाटले जानकारी दिईन ।
उनका अनुसार सम्मेलनको तयारी तिब्र गतिमा भईरहेको छ । सम्मेलनमा सहभागीताको लागि गण्डकी प्रदेश अन्र्तगतका ११ वटै जिल्लाका २०० सय जना युबाले नाम दर्ता गराई सकेको पनि संयोजक रानाभाटले जानकारी दिईन ।