पोखरा । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृण्ण ज्ञवालीले सरकारले दर्ता गरेको नेपाल मिडिया काउन्सिल बिधेयक दल पत्रकारिताको उपज भएको बताएका छन । मंगलबार सयपत्री समाज पोखराले आयोजना गरेको नेपाल मिडिया काउन्सिल सम्बन्धी बिधेयक २०७५ माथिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । दल पत्रकारिताको अभ्यास राम्रो होईन भन्दै केन्द्रीय सदस्य ज्ञवालीले भने हामीले दल पत्रकारिता गरेकै कारणले मिडिया काउन्सिल बिधेयक आयो । नागरिकले पत्रकारलाई स्वतन्त्र पत्रकारको रुपमा नभै दलगत पत्रकारको रुपमा लिएका कारण मिडिया काउन्सिल बिधयेक बिरुद्धको आन्दोलनमा नागरिकले साथ नदिएको उनको भनाई थियो । पत्रकार महासंघको आन्दोलन पनि पत्रकार पत्रकार बिच नै बिभाजित भएको छ भन्दै उनले पत्रकार महासंघको आन्दोलनमा एकताको खाँचो रहेको औंल्याए । मिडिया काउन्सिल बिधेयक फिर्ता नभए नेपालका साना मिडियाले पत्रकारित गर्न सक्दैनन् भन्दै ज्ञवालीले भने ,मिडिया काउन्सिलले जारी गरेको आचार संहिता बिपरीत कुनै सामाग्री प्रकाशन वा प्रसारण गरेको कारण मर्यादा र प्रतिष्ठामा आँच पुर्याएको भनी नियतबस् कसैले उजुरी दिए साना मिडियाले १० लाख रुपैया कहाँबाट ल्याउने । पत्रकार महासंघले तेश्रो चरणका आन्दोलनका कार्यक्रम अन्र्तगत आषाढ ३ गते पत्रकारको हस्ताक्षर संकलन ,६ गते संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यलय मार्फत संचारमन्त्रीलाई पठाउने ,१० गते कार्टुन प्रर्दशन ,१५ गते देशब्यापी एस.एम .एस गरी संघिय संसदलाई मिडिया बिधेयकका बिरोधमा सचेत गराउने ,२० गते देशब्यापी प्रेस स्वतन्त्रता सभा गर्ने जस्ता बिरोधका कार्यक्रम तय गरिसकेको समेत उनले जानकारी गराए । चरणबद्ध आन्दोलन गर्दा पनि बिधेयक फिर्ता नगरिए आषाढ २५ गते देशब्यापी लालटिन जुलुस प्रदर्शन गर्ने कार्यक्रम समेत महासंघले तय गरिसकेको केन्द्रीय सदस्य ज्ञवालीले जानकारी दिए ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.