मुस्ताङ जिल्लालाई कार्यथलो बनाई नेपालका बिभिन्न जिल्लाहरुबाट आएका राष्ट्रसेवक कर्मचारीहरुको साझा संस्था कर्मचारी मिलन केन्द्र मुस्ताङको कार्यसमिति पुर्नगठन गरिएको छ ।
पुर्नगठीत समितिको अध्यक्षमा लालप्रसाद लामिछाने चयन भएका छन ।त्यसैगरि उपाध्यक्षमा युक्तप्रसाद शर्मा,सचिबमा नेत्रप्रसाद पौडेल,सहसचिबमा मित्रबन्धु पौडेल,कोषाध्यक्षमा कृण्णप्रसाद आचार्य चयन भए। त्यसैगरि सदस्यहरुमा क्रमश सुर्य प्रसाद शर्मा,भरत मैनाली,सुनिता लामिछाने,गोपी शर्मा लामिछाने,टंकनाथ बराल र किरण श्रेष्ठ चयन भएका छन ।
कर्मचारी मिलन केन्द्र मुस्ताङका प्रमुख संरक्षक एवम् मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले समितिलाई पुर्न गठन गरेको घरपाझोङ्ग गाउँ कार्यपालिका मुस्ताङका सचिब नेत्रप्रसाद पौडेलले पोखरा पोष्टलाई जानकारी दिए ।
नबगठीत समितिले शालग्राम पार्कको सरसफाई र शालग्रामहरुलाई स्नान समेत गराएको छ । सेवा प्रबाहलाई प्रभाबकारी बनाउदै सामाजिक कार्यमा समेत संस्था सक्रिय रहने नबगठीत समितिका सचिब नेत्र प्रसाद पौडेलले जानकारी दिएका छन ।
राष्ट्रसेवक कर्मचारीहरुले तोकिएको कार्यलयहरुमा सेवा प्रबाह गरेर बचेको समय तथा सार्बजनिक बिदाका दिनहरुलाई समेत सदुपयोग गर्दै राष्ट्रसेवक कर्मचारहिरुको सीप,क्षमता बिकास लगायतका रचनात्मक एबं सामाजिक कार्यहरु गर्न कर्मचारी मिलन केन्द्र स्थापना गरिएको संस्थाका अध्यक्ष लालप्रसाद लामिछानेले जानकारी दिए ।