अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम,पर्यटन, कृषि र पुर्वाधार विकासमा जोड

0
1055

श्रीभद्र पौडेल
हेमजा। कास्कीको अन्नपूर्ण गाउँपालिकाले आ.व २०७६÷७७ को नीति तथा कार्यक्रम बुधवार सार्वजनिक गरेको छ ।गाउँपालिकाले पर्यटन, कृषि र पुर्वाधार विकास मार्फत गाउँपालिकालाई समृद्घ बनाउने लक्ष्य लिएको छ ।कुल १२ शीर्षकमा ८६ बुद्घामा गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम समेटेको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष युवराज कुँवरले सवै सरोकारवाला मिलि गाउँपालिकालाई समृद्घ बनाउनुपर्नेमा जोड दिए ।उनले समृद्घ नेपाल सुखी नेपालीको संघीय सरकार तथा समृद्घ प्रदेश र सुखी नागरिक भन्ने गण्डकी प्रदेश सरकारको भावनामा रहेर गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याएको दावी पनि गरे ।
गाउँपालिकाले कृषितर्फ भुमि बैंक खडा गर्ने, व्यवसायिक खेती प्रणाली, युवा कृर्षि स्वरोजगार कार्यक्रम, कृषि सहकारीलाई प्रोत्साहन, एक घर एक फलफुल, माटो परीक्षण शिविर, भोटे कुकरको लगत संकलन, कोदोमा आत्मनिर्भर बन्ने लगायतका योजना अगाडि सारेको छ।
त्यस्तै उद्योग वाणिज्यतर्फ अध्यक्षसँग रोजगार कार्यक्रम तथा बजार अनुगमन जस्ता कार्यक्रमलाई समेटिएको छ भने पर्यटनतर्फ गाउँपालिकामा रहेका ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने, वीरेठाँटी र पोथनामा विदेशी पर्यटकको गणना कार्य सुरु गर्ने, स्थानीय होमस्टेको प्रचारप्रसार गर्ने, विपद्को अवस्थामा बाहेक अन्नपूर्ण क्षेत्रमा हेलीकप्टर उडान बन्द गर्ने, डाँडागाउँको गुरुङ संस्कृति झल्कने संङग्राहलय, मेलाचे पार्क, नौडाडाँडाको निर्माणाधिन भ्यू टावरलाई थप व्यवस्थित बनाउने लगायतका योजना पनि गाउँपालिकाले अगाडि सारेको छ ।
त्यसैगरी करको दर फराकिलो पारी सबै व्यवसायीलाई करको दायरामा ल्याउने, सम्पति कर लागु गर्ने, वेरुजुको अङक बढ्न नदिने, आयोजनाको कामको आधारमा भुक्तानी दिने, वार्षिक एक लाख भन्दा बढी कर तिर्ने करदातादाई सम्मान गर्ने, सहकारी उद्यमको विकास गर्ने लगायतका योजना राजश्व तथा वित्तिय व्यवस्था अन्र्तगत प्रस्तुत नीति तथा कार्यक्रममा समेटिएको छ ।
त्यस्तै निश्चित स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने र ल्याण्डफिल्ड साइडको सम्भाव्यता अध्ययन गर्ने विषयलाई खानेपानी तथा सरसफाईतर्फ जोड दिइएको छ ।सामाजिक समावेशीकरण अन्र्तगत ७५ वर्ष माथिका जेष्ठ नागरिकको हेरचाह संरक्षणका लागि वर्षमा कम्तिमा ३ वटा स्वास्थ्य शिविर संचालन गर्ने, ६० वर्ष उमेर पुरा गरेकालाई जेष्ठ नागरिक परिचय पत्र वितरण गर्ने लगायतका कार्यक्रम पनि नीति तथा कार्यक्रमले समेटेको छ ।
गाउँपालिकाले शिक्षा युवा तथा खेलकुदतर्फ शिक्षकको मागमा आधारित तालिम दिने, सामुदायिक विद्यालयमा विद्यार्थीको रोजाई बढाउने, राष्ट्रपति कपलाई निरन्तरता दिने, शिक्षक, विद्यार्थी र अभिभावकका लागि आचारसंहिता निर्माण गरी लागु गर्ने पनि जनाएको छ ।
त्यस्तै घट्टेखोलादेखि नयाँपुलसम्मका सडक दुर्घटनामा प्राथमिक उपचारको व्यवस्थाका लागि राजमार्ग अस्पताल स्थापनाका लागि पहल गर्ने, ७० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य वीमा अनिवार्य गर्ने, माध्यमिक विद्यालयमा एक नर्सिङ स्टाफ व्यवस्थापन गर्ने, नयाँ सडक नखन्ने र भइरहेका सडकको स्तरउन्नती गर्ने, जिल्ला समन्वय समिति तथा गाउँपालिकाको संयुक्त लगानीमा वडा कार्यालय भवन निर्माण गर्ने, एक घर एक धारा अभियानलाई निरन्तरता दिने, राजमार्ग आसपास कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण गर्ने पनि प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ।
त्यस्तै आगामि आ.वमा गाउँपालिका क्षेत्रभरी कम्तिमा एक सय पीपलका रुख रोप्ने, फागुन २७ लाई गाउँपालिका स्थापना दिवस एवम् वार्षिकोत्सवका रुपमा मनाउने पनि जनाइएको छ ।
गाउँपालिकाले आ.व २०७४÷०७५ तर्फ कुनै पेश्की र बेरुजु नरहेको, दोस्रो अन्नपूर्ण सेञ्चुरी महोत्सव सम्पन्न गरिएको, लुम्लेमा प्रविण गुरुङ स्मृर्ति लोकदोहोरी गायन प्रतियोगिता गरिएको, भदौरेमा कोदो महोत्सव भएको, विभिन्न स्थानमा घुम्ती शिविर आयोजना गरिएको, एक विद्यार्थी एक फलफुल कार्यक्रम सुरु गरिएको, युवा स्वरोजगार कार्यक्रम अन्र्तगत सबै वडामा वेरोजगारको लगत संकलन गरिएको, जेष्ठ नागरिक परिचय पत्र वितरण सुरु गरिएको, गाउँपालिका स्तरीय नर्सरी केन्द्र स्थापना गरिएको लगायतका कार्यलाई गत आर्थिक वर्षका महत्वपूर्ण उपलब्धि मानेको छ ।
अधिकाशं वडाध्यक्षहरुले समग्रमा नीति तथा कार्यक्रम राम्रो भएपनि केही कुरा छुटेको प्रतिक्रिया दिएका छन् ।वडा नं. ६ का अध्यक्ष चित्रबहादुर गुरुङले बाँदर नियन्त्रणा तथा फर्निचर व्यवसायलाई करको दायरामा ल्याउने कुरामा कार्यक्रम मौन रहेको भन्दै गुनासो गरे ।वडा नं.१ का अध्यक्ष भरतजंग कुँवरले प्रति तथा गुठी जग्गाको विषयमा कार्यक्रमले केही बोल्नुपर्ने औँल्याए ।
वडा नं. ३ का अध्यक्ष चन्द्रबहादुर गुरुङले पाउँदुरकोटको प्रवर्धन पनि नीति तथा कार्यक्रममा समेटिनुपर्ने बताए ।वडा नं. ७ का अध्यक्ष घनस्याम चापागाईले वडाको सीमा विषयमा गाउँपालिका गम्भिर हुनपर्नेमा जोड दिए ।
त्यस्तै वडा नं. ११ का अध्यक्ष हिम गुरुङले सबै सडकको लगत कट्टामा अव गाउँपालिकाको ध्यान जानुपर्ने बताए ।वडा नं. ५ का अध्यक्ष जीवनाथ पौडेलले नीति तथा कार्यक्रममा केही कुरा अष्पष्ट रहेको प्रतिक्रिया दिए ।उनले मध्यपहाडी लोकमार्गको मापडण्डका बारेमा गाउँपालिकाले स्पष्ट नीति ल्याउनुपर्ने खाँचो पनि औँल्याए ।
कार्यक्रमका अन्य सहभागिले माछापुच्छे« शिक्षा क्याम्पसको वर्तमान अवस्थालाई गाउँपालिकाले छायामा पारेको गुनासो गरेका छन् ।उनीहरुले गाउँपालिकामा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्नुपर्ने, बन्यजन्तुको चोरी सिकारी रोक्नुपर्ने, एक वडा एक खेलमैदान बनाउनुपर्ने, राष्ट्रपति खेलकुदको सट्टामा गाउँपालिका अध्यक्ष कप प्रतियोगिता गर्नुपर्ने लगायतका माग पनि गरेका छन्।
त्यस्तै खरिद समिति गठन गर्नुपर्ने, टेन्टर आवहन गरी आयोजना सम्पन्न गर्नुपर्ने, गाउँपालिकाको वन नीति प्रष्ठ हुनपर्ने, पञ्चासे क्षेत्रलाई पनि अन्नपूर्णसँग जोड्नुपर्ने, पर्यटन रुट मोटरबाटोले सिध्याइरहेको अवस्थाप्रति गाउँपालिका गम्भिर बन्नुपर्ने, मराउँचेको पानी शुद्घिकरणका लागि पहल गर्नुपर्ने, बिरेठाँटी चेकपोष्टमा निग्रार्नी बढाउनुपर्ने लगायतका सुझाव दिएका छन् ।
जवाफमा गाउँपालिका अध्यक्ष कुँवरले छुटेका कुरालाई नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्घता व्यक्त गर्दै छापा(प्रेस)का कारण कतिपय कुराहरु कार्यक्रममा छुट्न पुगेको स्वीकारेका थिए।उनले १ करोड माथिका योजनालाई मात्रै गाउँपालिकाले टेन्डर आवहन गर्ने पनि जनाए ।
प्रति जग्गाबारे अवदेखि गाउँपालिका थप संवेदनशील बन्ने भनाई राखेका अध्यक्ष कुँवरले पुराना मन्दिर तथा पोखरीको संरक्षणमा पनि गाउँपालिका प्रष्ठ योजनाका साथ अगाडि बढ्ने बताए ।उनले घट्टेखोला, मरेडाँडा, मार्दी हिमाल लगायतका स्थानमा सिमा विवाद रहेको जनाउँदै संघ सरकारको सहयोगमा विवाद समाधान गरिने प्रष्ठ पनि पारेका थिए ।
गाउँपालिका अध्यक्ष कुँवरको अध्यक्षतामा भएको उक्त कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत शोषकान्त पौडेलले संचालन गरेका थिए  ।