पोखरा ।नेपाल सरकारका युबा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माले बिश्वकर्मा कल्याण समाज कास्कीले स्थापना गरेको १२ लाख ५५ हजार रुपैयाको अक्षय कोषको घोषणा गरेका छन । बिश्वकर्मा कल्याण समाज कास्कीले शनिबार पोखरामा आयोजना गरेको विश्वकर्मा कल्याणकारी अक्षयकोष घोषणा कार्यक्रममा उनले सो अक्षय कोषको घोषणा गरेका हुन । कोषलाई बैंकमा मुद्यती खातामा जम्मा गरिने र कोषबाट प्राप्त हुने ब्याजको रकम बाट बिश्कर्मा परिवारका असाहाय,गरिब ,बेसाहारालाई सहयोग गरिने समाजका अध्यक्ष मन बहादुर लामङ्गादेले पोखरा पोष्टलाई जानकारी दिएका छन ।
कार्यक्रममा बोल्दै मन्त्री बिश्वकर्माले सामन्ती राज्य ब्यबस्थाले सृजना गरेको जातिय ब्यबस्था दलित समुदायमा मात्रै नभै बाहुन क्षेत्रीमा समेत भएको बताए । उनले भने ,बाहुन भित्रै पनि उपाध्याय बाहुन र जैसी बाहुन बिच बिभेद छ । त्यसैगरि बाहुन र क्षेत्रि बिच पनि बिभेद छ । बिभेदका बिरुद्ध सबैले एकजुट भएर आवाज उठाउनु पर्नेमा मन्त्री बिश्वकर्माले जोड दिए ।दलित समुदायलाई बिभेद गरेका कारण समाज पछाडि परेको छ भन्दै मन्त्री बिश्वकर्माले दलित समुदायको श्रम,सिप र प्रतिभालाई राज्यले देशमै प्रयोग गर्न सक्ने वाताबरणको सृजन गर्न सके मात्रै बढ्दो बैदेशिक रोजगारलाई रोक्न सकिने बताए ।
गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक माया नाथ अधिकारीले राज्यले सबै जातजातिको अधिकारको संरक्षण गरेको बताए।
गण्डकी प्रदेश सभा सदस्य राम्जी बरालले जातिय बिभेद सामाजिक सत्ता संग जोडिएको बिषय भएकाले यसलाई हटाउन जागरण आबश्यक रहेको बताए ।
बिश्वकर्मा कल्याण समाज कास्कीका अध्यक्ष मन बहादुर लामङ्गादेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य पुष्पा केसी,नेपाल बिश्वकर्मा समाज नेपालका अध्यक्ष गणेश बिश्वकर्मा बराइली,पोखरा महानगरपालिका वडा नम्बर २ का अध्यक्ष रामेश्वर मल्ल, १८ का अध्यक्ष रण बहादुर थापा ,स्वार्णकार कल्याण समितिका अध्यक्ष भुवन लोहनी लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत मन्तब्य समाजका उपाध्यक्ष भीम बिश्वकर्माले गरेका थिए भने कार्यक्रमको संचालन महासचिब दिपक घिमिरेले गरेका थिए ।