काठमाडौं । अवैध हुण्डी कारोवार गरिरहेको अवस्थामा दुई भारतीयसहित आठ जनालाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेका छ ।
प्रहरीले वीरगञ्ज महानगरपालिका–९ माइअस्थानमा रहेको कनहैया सुनारको सुन पसलमा छापामारी ४१ लाख ९२ हजार र दुई किलो ९० ग्राम चाँदीसहित आठ जनालाई पक्राउ गरिएको जनाएको छ ।गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अन्नतराम शर्मा बताए ।