आन्तरिक मेलमिलापको कार्यक्रम लिएर बिकास थापा गृह जिल्ला कास्की फर्किए

0
591

आन्तरिक गुटबन्दीले जरा गाड्दा कांग्रेस र यसका भात्री संगठनमा ठुलो असर पर्दा आम निर्वाचन समेत पराजय हुनुपरेको जग जायज नै छ। अझ विशेष गरि कास्की कांग्रेस र यसका संगठनको अवस्था दिनहु नाजुक हुँदै गएको छ। यसलाई चिर्न नेपाल विद्यार्थी संघ कास्कीका सभापति तथा नेपाली कांग्रेसका युवा नेता बिकास थापा आन्तरिक मेलमिलापको कार्यक्रम लिएर काठमाडौंको दस दिने राजनीतिक भ्रमण सकेर गृह जिल्ला कास्की फर्किएका छन।

पार्टीका नेतागण र भात्री संस्थाका कार्यकर्ताबीच सौभार्द सुमधुर सम्बन्ध निर्माणका निम्ति बिकास थापाले मिति २०७६/०४/०१ गतेदखि नेपाली कांग्रेस कास्कीका पार्टी सभापति, सम्पुर्ण पदाधिकारी, पुर्ब पार्टी सभापति, पुर्ब पदाधिकारी, भात्री संस्थाका प्रमुखहरु पुर्ब केन्द्रीय समितीमा रहेर काम गर्न्र भात्री संस्थाका नेताहरु र अन्य नेताहरूलाई घरमै गएर नेपाली कांग्रेस र नेपाल विद्यार्थी संघको एक एक प्रति झण्डा उपहार दिने कार्यक्रम तह गरेका छन।

यस कार्यक्रमलाई सफल बनाउन नेता थापाले मिति २०७६/०३/३१ गते आधिकारिक सूचना मार्फत ने.बि संघका कास्की जिल्ला कार्यसमितिका सम्पुर्ण नेता, क्याम्पस इकाई सभापतिहरु, पुर्ब केन्द्रीय सदस्यहरुसंग बृहत छलफल गर्ने जनाएका छन