नेपाली जनसम्पर्क समिति क्यानडाका महामन्त्री बसन्त कार्कीले गरे बुवा आमाको नाममा दान :

0
953

क्यानडाको ग्रेटर टोरोन्टो स्थित ब्रामटन शहरमा स्थापित श्री पशुपतिनाथ मन्दिरको विस्तार गर्ने उद्धेश्यले नेप्लिज क्यानेडियन हेरिटेज सेन्टरको आयोजनामा भएको महायज्ञमा दान दाताहरुको संख्या दिनानुदिन बढ्दो छ । जुलाई ६ तारिख शनिवार देखि सुरु भएको श्रीमद्भागवत कथा ज्ञानमहायज्ञमा जुलाई १२ शुक्रबार नेपाली जनसम्पर्क समिति क्यानडाका महामन्त्री  बसन्त कार्कीले आफ्ना स्वर्गीय माता कमलादेवी कार्की र पिता तिलक बहादुर कार्कीको स्मृतिमा ३ लाख ५० हजार नेपाली प्रदान गरेका छन् । विशेष गरि हाल क्यानडाको ब्रामटन शहरमा रहेको श्री पशुपतिनाथ मन्दिरको प्रांगण भक्तजनहरुको चापका कारण साँघुरो हुदै गएकोले मन्दिरको बिकाश र बिस्तारका लागि रकम संकलन गर्ने उदेश्यले महायज्ञ गरिएको हो । महायज्ञमा युवा पण्डित दिनबन्धु पोख्रेरेलले कथा बाचन गरिरहनुभएको छ । हिन्दु र बौद्ध धर्म दर्शनका आधारमा महायज्ञको क्यानडामा आयोजना भएको यो पहिलो पटक हो ।