जागरण कृषि सहकारी द्धारा मानब सेवा आश्रममा खाद्यान्न तथा फलफुल बितरण

0
851

 

कास्की ।पोखरा  १७  बिरौटमा रहेको जागरण कृषि सहकारी संस्था लिमिटेडले आफ्नो  स्थापनाको दोश्रो बार्षिकोत्सबको अबसर पारेर मानब सेवा आश्रम पोखरालाई खाद्यान्न तथा फलफुल बितरण गरेको छ । सोमबार आश्रममा आयोजित एक कार्यक्रम बिच सहकारी संस्थाका अध्यक्ष अर्जुन कुमार लामिछानेले रु १५ हजार रकम बराबरको खाद्यान्न सामाग्री र फलफुल आश्रमका अभियान्ता सम्झना बाँस्तोलालाई हस्तान्तरण गरेका हुन । कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले  आश्रममा  आएर मानबसेवा अभियानका लागि  सहयोग गर्न पाउँदा खुषि  लागेको प्रतिकृया पोखरा पोष्टलाई दिए ।हाल आश्रममा   शारिरीक तथा मानसिक रुपमा अस्वस्थ भई खुला आकाशमुनी रात बिताउन बिबश  घरबार बिहिन बेसाहारा,परित्यक्त,असाहाय तथा जीवन नै जोखिममा रहेका ८६ जना  ब्यक्तिहरुले आश्रय लिएको मानब सेवा आश्रमका अभियान्ता बसन्ती बाँस्तोलले पोखरा पोष्टलाई जानकारी दिईन ।