बद्री पंगेनीले मार्ने धम्की दिएको भन्दै जिप्रकामा उजुरी

0
849

 

काठमाडौँ । चर्चित लोक दोहोरी गायक बद्री पंगेनी विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौमा उजुरी परेको छ ।
पंगेनी सहितको समूहले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाको माग गर्दै आज प्रशासन कार्यालयमा उजुरी परेको हो ।
पंगेनीसहितको समूहले संचालन गर्दै आइरहेको दोहोरी साँझबाट लिनु पर्ने रकम माग्दा ज्यान मार्ने धम्की दिएको व्यवसायी निमा दोर्ची शेर्पाले दर्ता गरेको उजुरीमा उल्लेख गरिएको छ ।
उनको दोहोरी साँझमा राखिएको फर्निचर र नयाँ डेकोरेशन बापतको ५५ लाख रुपैया नतिरेर लामोसमयदेखि झुलाएको शेर्पाले बताएका छन् । रकम माग्न जाँदा रकम दिनुको सट्टामा मार्ने  असुरक्षा महशुष गर्नु परेको शेर्पाले आफन्तहरुसँग बताउने गरेका छन् । उनीहरूको धम्कीका कारण आफु मानसिक तनावमा परेको उनको भनाई छ ।
काठमाडौंको सीतापाईला निवासी शेर्पाले आफूलाई पंगेनीसहितको तीन जनाको समूहले ज्यान मार्ने धम्की दिएको भन्दै साउन १ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बबहरमहलमा उजुरी दिएका हुन् ।
गायक पंगेनीसँगै उनको दोहोरी साँझका व्यवसायीक साझेदारद्धय विजय सिंह र सुवास अधिकारी विरुद्ध पनि शेर्पाले उजुरी दिएका हुन् ।
शेर्पाले सञ्चालन गरेको श्रृष्टि फर्निचरबाट उनीहरुले करीव ५५ लाख रुपियाँ बराबरको डेकोरेशन गराएका थिए ।
गायक पंगेनी र उनका साझेदारहरूले सरकार र प्रहरी आफ्नो पक्षमा भएकाले तिमिले केही गर्न सक्दैनौ भन्दै धम्क्याउने गरेको शेर्पाको आशय छ