३७ औं बी.पी. स्मृति दिवस तथा ५७ औं इन्जिनियर दिवसको अवसरमा सिडेन गण्डकीको रक्तदान

0
1535

३७ औं बी.पी. स्मृति दिवस को सन्दर्भ तथा ५७ औं इन्जिनियर दिवसको  अवसर पारी सामाजिक दायित्व बहन गर्ने उदेश्यले  तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकाको बी.पी.  चोकमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल ((सिडेन),गण्डकी प्रदेश को आयोजना, नेपाल बिद्धार्थी संघ ,शुक्लागण्डकी ,तनहुँको  सह आयोजनामा  “रक्तदान जीवनदान ,जीवनदान महादान “ share life-give blood का साथ बृहत रक्तदान कार्यक्रम सम्पन्न भयो ।  सिडेन गण्डकी प्रदेशका सभापति ई. सुरेन्द्र पाण्डेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि ब्यास नगरपालिकाका प्रमुख एबम नेपाली कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपाने ज्युले पहिलो रक्तदाता सिडेन,गण्डकी प्रदेशका सभापति ई. सुरेन्द्र पाण्डेलाई ब्लडब्याग हस्तान्तरण गरि  कार्यक्रमको सुभारम्भ गर्नुभएको थियो I न्यौपानले विपीको योगदानको स्मरण गर्दै कांग्रेस विपीको बाटोमा हिड्नुपर्ने बताउनु भएको थियो  ।


“रक्तदान जीवनदान ,जीवनदान महादान “ share life-give blood नाराका साथ  सम्पन्न भएको उक्त कार्यक्रममा ९४ जना रक्तदाताले उत्साहपूर्वक  रक्तदान गर्नुभएको थियो I सिडेन गण्डकी प्रदेशका  सचिब ई. राजिब रिमालले संचालन गर्नुभएको उक्त कार्यक्रम मा  नेपाली कांग्रेस तनहुँका का. बा. सभापति जितप्रकाश आलेले वैज्ञानिकले रगतको विकल्पमा अन्य कुनै आविष्कार गर्न नसकेको बताउँदै रक्तदान महादान भएको उल्लेख गर्नुभएको थियो  र कार्यक्रममा नेपाल विद्यार्थी संघ तनहुँ सभापति चूडामणि खनालले समेतले  सम्बोधन गर्नुभएको थियो Iउक्त कार्यक्रममा   क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको थियो ।
आज नै सिडेन गण्डकी प्रदेशका तर्फबाट शुक्लागण्डकी नगरपालिका गाछेपानीमा  अवस्थित शुक्लेश्वर महादेव मन्दिरमा डस्टबिन लगाएतका सरसफाई सामग्री तथा राधाकृष्ण मन्दिरमा रंगरोगनका सामग्री वितरण गरिएको थियो ।