नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालालाई नेपाल विद्यार्थी संघ कास्कीका नेता प्रताप बानियाँले बिगत १४ बर्षदेखि आन्तरिक गुटबन्दीका कारण प्रभावित नेपाल विद्यार्थी संघ कास्कीको अधिबेशन सम्पन्न गरेर जानुको विकल्प नभएको बताएका छन्। तल्लो तहमा ने.बि संघ पुग्न नसकेको हुंदा पार्टीका स्थानीय नेताहरुलाई नेपाल विद्यार्थी संघ कास्कीको अधिबेशनका निम्ति झक्झकाउन र आन्तरिक समस्या मिलाउन कांग्रेस नेता शेखर कोइरालालाई विद्यार्थी नेता प्रताप बानियाँले आग्रह गरे।
नेता बानियाँले नेपाल विद्यार्थी संघ निकै बलियो भएता पनि पार्टीको गुटबन्दीका कारण काम गर्न नपाएको र तल्लो तहमा जान नसकेको गुनासो समेत नेता कोइरालालाई पोखें।कोइराला नेपाल ट्रेड युनियन कास्कीको प्रथम जिल्ला परिषदको उदघाटन गर्न र कास्की कांग्रेसद्वारा साउन ५ गते बि.पि स्मृति दिवसको अवसरमा आयोजित वृक्ष रोपन कार्यक्रमका लागि प्रमुख अतिथिका रूपमा कास्की आएका हुन् । केन्द्रीय सदस्य डा. कोइरालालाई नेपाल विद्यार्थी संघ कास्कीका नेता प्रताप बानियाँले पोखरा एयरपोर्ट्मा भब्य स्वागत समेत गरेका थिए।