रेडियो सफलताद्धारा दर्जन बढी पत्रकार महिला सम्मानित

0
1000

पोखराको मासबारस्थित रेडियो सफलताले पोखरामा क्रियाशील दर्जन बढी महिला पत्रकारलाई सम्मान गरेको छ । रेडियोले तीजको अवसर पारेर महिला पत्रकारलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा सुश्मा पौडेल, विमला भण्डारी, जमुना शर्मा वर्षा, सरिता तिमिल्सेना पंगेनी, शिला गुरुड, ईन्दिरा गुरुड, शान्ति गुरुड, राधिका कडेँल, कञ्चन थापा, गोमा घिमिरे रुचि, ईश्वरी पौडेल, पार्वती पौडेल, कविता श्रेष्ठ, नरमाया रसाइली, गीता लामिछाने विष्ट छन् ।

कार्यक्रममा साहित्यकार तथा गायिका चन्द्रावती वाग्ले र सामाजिक व्यक्तित्व अम्विका नेपाल, रेडियोमा कार्यरत नारायण भट्टराईलाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो ।

तीजगीतमा नमुना आमा समूह प्रथम
रेडियो सफलताको नवौं सफलता तीज गीत प्रतियोगितामा हेम्जाको नमुना आमा समूह प्रथम भएको छ । प्रथम हुन सफल नमूनाले २० हजार रुपैयाँ नगद पुरस्कार जित्यो ।

यसैगरी प्रतियोगितामा द्धितीय हुन सफल कमल जोशी आमा समूहले १५ हजार, तृतीय हुन सफल कामधेनु दिदीबहिनी समूह हेम्जाले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो ।

प्रतियोगितामा सान्त्वना स्थान महिला क्लव पोखराले हात पार्यो भने उत्कृष्ट नृत्य वडा बाल मञ्च पामे, उत्कृष्ट भेषभूषामा समृद्धि दिदीबहिनी समूह हरिचोक र अनुशासन मासबार आमा समूह विजयी भए । प्रतियोगितामा २३ समूह सहभागी थिए ।

गण्डकी प्रदेश सरकार उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयसंगको सहकार्यमा भएको प्रतियोगिता भएको हो ।

कार्यक्रम शुभारम्भ गर्दै गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले रेडियो सफलताले नाम अनुसारको काम गरिरहेको भन्दै प्रशंसा गरिन् । उनले रेडियोले समय सान्दर्भिक बिषयवस्तु उठान गरी पर्यटनमा टेवा पुर्याएको बताइन् ।

अर्का सांसद ललितकला गुरुडले रेडियो समुदायमा सान्दर्भिक गतिविधिलाई समेटेर अघि बढेको भन्दै रेडियोका हरेक गतिविधिलाई साथ दिने प्रतिवद्धता जनाइन् ।

रेडियोकी प्रवन्ध निर्देशक दुर्गा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा-७ का अध्यक्ष रामचन्द्र बराल, अन्नपूर्ण बाल तथा महिला अस्पतालका अध्यक्ष विश्व घिमिरे, विश्व हिन्दू महासंघका केन्द्रिय उपाध्यक्ष शंकर खराल लगायतले बोलेका थिए ।

उक्त अवसरमा कार्यक्रम संयोजक पार्वता पौडेलले स्वागत र धन्यवाद ज्ञापन शिवराज बस्ताकोटीले गरेका थिए ।