आज नबरात्रको दोश्रो दिन ,शक्ति पीठहरुमा श्रदालु भक्त्तजनको घुईँचो

0
739

कास्की ।  आज नबरात्रको दोश्रो दिन ।हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत्    ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाउने गर्दछन्  । देशभरका शक्ति पीठहरुमा श्रदालु भक्त्तजनहरुको घुईँचो लागेको छ । पोखराको बिन्दाबासीनी ,भद्रकाली,अकला देबी ,शितलादेबीमा बिहानै देखि श्रदालु भक्त्तजनको घुइँचो लागेको छ । देवीभागवतपुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रलाई नवरात्रव्रत भनिएको छ ।

आजको  दिन ब्रह्मचारिणीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली संहार, महालक्ष्मी सुरक्षा र महासरस्वती सृष्टिको पञ्चोपचारले पूजाआजा गरिन्छ ।

हिन्दु धर्म, संस्कृति अनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् । यसका अतिरिक्त कलशमा अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा पूजित भएको पाइन्छ । यसदिन पनि सम्पूर्ण देवीदेवता, तीर्थ, पावनी नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजा गरिएको हुन्छ ।

यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा,आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती चण्डी, दुर्गा कवच, श्रीमद्देवीभागवत आदि पाठ पनि पढिन्छ ।

पूजा गरिसकेपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ ।

श्रौतयज्ञानुसार पशु बलि र शाकाहारीहरूले प्रदान गर्ने नरिवल, ऊखु, कुभिण्डो आदि स्मार्तबलि गरि दुई प्रकारको हुन्छ ।  बलि प्रदान गरिसकेपछि यस दिनको कार्य समापन गरिन्छ ।