शुक्रराज न्यौपानेले दिए एनआरएनएको युरोप क्षेत्रीय सह-संयोजकमा उम्मेदवारी

१५ आश्विन २०७६, बुधबार

गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रिय सहसंयोजकमा शुक्रराज न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् । आगामी १५– १७ अक्टोबरमा काठमाण्डौंमा हुन गइरहेको संघको नवौं संम्मेलनका लागि आयरल्याण्डबाट न्यौपानेले युरोप क्षेत्रिय सहसंयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
एनआरएनए आयरल्यान्डको २००९–२०११ का अध्यक्ष रहेका न्यौपाने हाल गैरआवासीय नेपाली संघ अंतर्राष्ट्रिय समिती अन्र्तगत टुरिजम प्रवद्र्धन समितिका सदस्य एवं एनआएनए आयरल्यान्डको संरक्षक छन् ।विगत १६ वर्षदेखी आयरल्यान्डमा विभिन्न समयमा विभिन्न पेशा व्यवसाय गरेर परिवारका साथ बसेका न्यौपाने नेपालदेखी नै व्यवसाय, समाजसेवा र बिद्यार्थी राजनीतिमा अनुभवी रहेका व्यक्तित्व हुन् ।

पोखरा महानगरपालिका वडा नम्बर ६ बैदाम (लेक साईड, जुन नेपालको दोश्रो ठूलो पर्यटकीय गन्तव्य पनि हो) मा जन्मिएका न्यौपाने सानैदेखी पारिवारीक होटल व्यवसाय देखी गार्मेन्ट उधोगसम्म र पछी आफ्नै ट्राभल एजेन्सी हुँदै हाल पनि आफ्नै होटल र अपार्टमेंट व्यवसायमा लगानी गरिरहेका छन् । नेपाली पर्यटन बजारमा नेपाली मौलिकता झल्कने गरी फार्म हाउस रिसोर्ट निर्माण गर्नेतर्फ १७ रोपनी जग्गा लिई सकिएको र काम अगाडी बढेको जानकारी समेत उम्मेदवार न्यौपानेले दिएका छन् । उनले समाजसेवा तर्फ बैदामस्थित ताल बाराही उच्च माध्यामिक बिधालयको व्यवस्थापन समितीमा उपाध्यक्ष, पोखरा साईवर एसोसिएसनका संस्थापक एवं उपाध्यक्ष रही कार्यं गरेको अनुभव रहेको जनाउंछ्न ।

गैरआवासीय नेपाली संघ आयरल्यान्डको स्थापनाकालदेखि मोफसलमा रहेर पनि उनको सक्रियताको उच्च मूल्यांकन हुनुपर्छ भन्छन्, यहाँका एनआरएनए अभियन्ताहरु । वर्तमान एनआरएन अध्यक्ष मिलन छन्त्याल भन्छन्, ‘उहाँको यो उम्मेदवारीमा मेरो व्यक्तिगत एवं वर्तमान समिती तथा आयरल्यान्डबासी सम्पूर्ण गैरआवासीय नेपालीको पूर्ण समर्थन एवं सहयोग रहने छ ।’ उनलाई थुप्रै अरु एनआरएनको साथ र समर्थन रहेको साथै उनलाई जिताउन उनी निकट ब्यक्तिहरु सक्रिय भएर लागिरहेको उनी निकट एक स्रोतले हामीलाई जानकारी दिएको छ।

आयरल्यान्डको राजधानी डब्लिनदेखी ३ सय किलोमिटर टाढा कोर्क शहरलाई आफ्नो स्थाई बसोबास बनाएका न्यौपाने मोफसलमा रहेर पनि अन्य शहरमा पनि समाज स्थापनामा महत्वपूर्ण भूमिका खेल्न सफल भएका छन् । उनकै पहलमा कोर्क नेपाली समाज, लीमेरीक्क नेपाली समाज एवं गैरआवासीय नेपाली संघ स्थापनामा सहयोग गर्न पाएकोमा शुक्रराज न्यौपानेले खुसी व्यक्त गर्छन्

Leave a Reply