कास्की। सभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहारको आरोप लगाएकी महिलाले दवाव र प्रभावमा परेर बयान फेरेको हुनसक्ने अनुमान यतिबेला धेरैले सामाजिक सञ्जालमा लेखेका छन् । अधिवक्ता, स्वतन्त्र सामाजिक अगुवा, बुद्धिजिवी, पत्रकार, राजनीतिक दलका नेतालगायतले आर्थिक प्रलोभन, अवसरको आश्वासन, ज्यानको सुरक्षा मध्ये केहीको प्रभावमा परेर पिडित महिलाले बयान फेरेको दावी गरेका छन् ।
दवाव र प्रभावमा परेर पिडित महिलाले बयान फेरेको हुनसक्ने उनीहरुको अनुमान छ । पिडित महिलालाई डर धम्की दिइएको वा कुनै प्रलोभनमा पारिएको हुनसक्ने उनीहरुको भनाई छ ।शरिरमा घाउचोट हुनु, चश्मा, जुत्ता देखिनु, महरा आफैले रातीको समयमा ती महिलाको डेरामा गएको स्विकार गर्नु, महराकै नम्मरबाट पटक पटक फोन आउनु, सामान्य रुपमा लिनु भनेको आवाज सुनिनु, महराले मोवाईलमा पठाएको एसएमएसहरुमा घटनाका बारेमा माफी मागेको देखिनु लगायतका दर्जनौ प्रमाणहरुले महरा दोषी देखिएको उनीहरुले आकलन गरेका छन । रातको समयमा महिला मात्रै भएको डेरामा जानु नै महरालाई दोषी ठह¥याउन पर्याप्त हुने भनाइ पनि केहिको छ।
गत आईतबार राती तीनकुनेस्थीत आफ्नो डेरामै जवरजस्ती आएर सभामुख महराले जवरजस्ती गरेको आरोप अस्ती लगाएकी महिलाले हिजो फेरी महराले केही नगरेको भन्दै बयान फेरेपछि दवावमा उनले बयान फेरेको विश्लेषण गरिएको हो ।
अपूर्ण राजीनामा लेख्ने, आरोप लगाउने महिलालाई बयान फेर्न लगाउने लगायतका घटनाले महरालाई नै थप क्षती भएको कानुन व्यवसायीहरुले बताएका छन् ।
न्याय निरुपणको क्रममा बयान बाझिएमा प्रमाण र तथ्यहरुलाई आधार मानिने र बयान फेर्नेलाई पनि कारबाही हुने व्यवस्था रहेकाले घटनामा दुवैले सफाई पाउने संभावना कम रहेको उनीहरुको भनाई छ । प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर छानविन थाल्नु पर्ने र घटनास्थल नियन्त्रणमा लिनु पर्ने धेरैले माग गरेका छन् ।
कतिपयले आरोप लगाउने महिलालाई मानसिक रोगी भएकाले त्यस्ताले लगाएको आरोपको विश्वास गर्न नहुने तर्क गरेका छन् । तर मानसिक रोगीलाई सभामुखले किन फोन गर्नु भयो र रातको समयमा एक्लै भएको बेला डेरामा किन जानु भयो भन्ने प्रश्न पनि उत्तिकै उठेको छ ।
पत्नीसंग पनि ईच्छा बिपरित सहवास गरेमा बलात्कार मानिने कानुन रहेको देशमा परस्त्रीसँगको विषयलाई विगतमा सहमती भएपनि असहमती व्यक्त गरेपछि अपराधमा परिणत हुने व्यवस्था रहेको छ ।
सामाजिक संजालमा एकजनाले लेखेका छन्, “समाचारमा उल्लेख भए अनुसार श्रीमान् नभएको बेलामा विवाहित महिला कर्मचारीको कोठामा सभामुख गएका हुन् भने त्यसले नियतमाथि शंका गर्नुपर्ने प्रशस्त आधार दिन्छ । महराले खाएको दावी गरिएको बाँकी रक्सी कोठामा हुनु, महराको दावी गरिएको चश्माको एउटा ग्लास रहेको भनिनु, महिलाले तान्दा आएको भनिएको जुत्ताको भित्री तलुवा हुनुलाई साँच्चिकै अनुसन्धान गर्ने हो भने प्रहरीले महराको हो कि हैन भनेर पुष्टि गर्न सक्छ ।
सभामुखका प्रेस सल्लाहकारले विज्ञप्ति जारी गर्दै चश्मा र जुत्ताको तलुवा सभामुखको नभएको दावी गरेका छन् । तर अनुसन्धान बिना दावीकारितालाई मात्रै पत्याउने आधार छैन । आरोप लागिसकेपछि त्यो आरोप सही हो कि गलत हो भनेर प्रष्ट पार्न पनि अनुसन्धान त हुनै पर्ने देखिन्छ ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.