कास्की ।कास्की आर्दश समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालको शनिबार पोखरामा सम्पन्न दोस्रो महाअधिबेशनले गोबिन्द प्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।समितिको बरिष्ट उपाध्यक्षमा सुन्दर पौडेल,महिला उपाध्यक्षमा सीता बराल,उपाध्यक्षमा क्रमशः तलिक साली साप्कोटा,सम्मर बहादुर बुढाथोकी,सन्तोष थापा,पुष्पराज अधिकारी,निरज कुमार थापा र शिब प्रसाद पौडेल चयन भएका छन् ।त्यसैगरी महासचिबमा हंशराज ढकाल,उपमहासचिबमा गोबिन्द तिमिल्सिना र मनोज कुमार संजु चयन भए । कोषाध्यक्षमा गणेशराज पहारी,सह कोषाध्यक्षमा लक्ष्मी गीरी,महिला संयोजकमा पुजा शाह,युबा संयोजकमा सुरेश गिरी चयन भए । नेपाल च्याप्टर संयोजकमा शोभाखर भण्डारी र सह संयोजकमा खिम बहादुर कार्की चयन भएका छन् ।त्यसैगरी पदेन सदस्यमा बिश्व बन्धु थापा,प्रेम बहादुर क्षेत्री,केदार कुवँर,कृष्ण प्रसाद सुबेदी,रमेश खत्री लगायत रहेका छन । एशिया प्यासफीक क्षेत्रिय संयोजकमा नबराज गौतम चयन भए । बाँकी सचिब,उप संयोजक ,क्षेत्रिय संयोजक लगायतको पद पुर्ति पछि गरिने निर्बाचन समितिका संयोजक गोपीकृण्ण काफ्लेले पोखरा पोष्टलाई जानकारी दिएका छन् ।
यसअघि अधिबेशनको उद्घाटन गर्दे संघिय संसदका सदस्य तथा पुर्ब स्वास्थ्य मन्त्री खगराज अधिकारीले गैह्र आवासिय नेपालीहरुले नेपालमा उत्पादनशिल क्षेत्रमा लगानी गर्न आबश्यक रहेको बताए ।उनले समृद्ध नेपाल निर्माणका लागि गैह्र आबासिय नेपालीहरुले महत्वपुर्ण भुमिका खेल्न सक्ने बताए । पर्यटन पर्बद्धनका लागि गैह्र आबासिय नेपालीहरु सबैभन्दा भरपर्दो र महत्वपुर्ण स्रोत भएको उनको भनाइ थियो ।
कास्की समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालका अध्यक्ष पुर्ण तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न अधिबेशनले संस्थाको नाम संसोधन गरी कास्की आर्दश समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् राखेको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्यहरु कुमार खड्का,कृण्ण थापा,प्रभा कोइराला,दिपक कोइराला, पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जीसी,अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष युबराज कुबँर,मादी गाउँपालिकाका अध्यक्ष बेद बहादुर गुरुड,पोखरा उद्योग बाणिज्य संघका महासचिब अर्जुन पोख्रेल,कास्की समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालक संरक्षक बिश्व आर्दश पण्डित , परिषदका अध्यक्ष कुल प्रसाद गुरुड, गैह्र आवासीय नेपाली संघ युरोप क्षेत्रिय संयोजकका उमेदबार पदम गुरुड, सह संयोजकका उमेदबार शुक्रराज न्यौपाने ,केन्द्रीय युबा संयोजकका उमेदबार हिमाल गुरुड,कास्कीका सल्लाहाकार सुदन थापा लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत मन्तब्य संस्थाका बरिष्ठ उपाध्यक्ष चित्र सुबेदीले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिब गोबिन्द प्रसाद पौडेलले गरेका थिए । बिश्वभरी छरिएर रहेका कस्केलीहरुको खोजी अभियान समृद्ध ःजन्मथलो हाम्रो स्वाभिमान भन्ने मुल उदेश्य राखेर संस्थाले बिभिन्न कामहर गर्र्दे आएको संस्थाका सदस्य केदार कुवँरले पोखरा पोष्टलाई जानकारी दिए ।
Home ब्रेकिङ्ग न्युज कास्की आर्दश समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालको अध्यक्षमा गोबिन्द पौडेल
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.