—सुशीला रेग्मी
पाल्पा ।पाल्पाको रामपुर नगरपालिका वडा नं १ स्थित चन्द्रोदय माविमा दुई तला सहितको चारकोठे पक्की भवन निर्माण सुरु भएको छ । नयाँ भवनको भवनको बुधवार प्रदेश नं ५ का प्रदेश सभा सदस्य युवराज खनालले सिलन्यास गर्दै भौतिक संरचना बलियो भयो भने शैक्षिक गुणस्तरमा सुधार आउने बताउनुभयो ।
भवन सिलन्यास कार्यक्रममा वडा नं १ का अध्यक्ष मित्रलाल कंडेल, ३ का अध्यक्ष दिनेशकुमार खनालले बोल्दै भवन निर्माणको गुणस्तरमा जोड दिन आग्रह गर्नुभयो । प्रधानाध्यापक टंकनाथ पोखरेलले भावन निर्माण प्रक्रियाबारे जानकारी दिनुभएको कार्यक्रमको संचालन शिक्षक तेजप्रसाद पोखरेलले गर्नुभएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवका पोखरेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सहभागीलाई स्वागत शिक्षक डेमु थापाले गर्नुभएको हो ।
जिल्ला आयोजना कार्यान्वयन ईकाइ पाल्पाबाट रु ७० लाखको वजेटमा भवन निर्माण कार्य सुरु भएको हो । यस विद्यालय हाल छ वटा भवनमा १९ कोठा रहेका छन् । चार कोठाको नयाँ भवन बनेपछि पठनपाठनमा सहज हुनेछ ।
जिल्लामा विद्यालयको शैक्षिक गुणस्तर बढाउन भौतिक पूर्वाधार सुधार गरिन थालिएको छ । भुकम्पले क्षति पुगेका र जिर्ण भवन हटाएर नयाँ भौतिक संरचना निर्माणमा विद्यालयले जोड दिन थालेका छन् ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.