कास्की देउराली बेस क्याम नजिक हिँउ पहिरोमा पुरीएर पोखराका खनालको मृत्यु

0
995

पोखरा । हिँउ पहिरोमा पुरीएर पोखराका १८ वर्षिय संजय खनालको मृत्यु भएको छ । पोखरा ११ फुलबारी बस्ने २० वर्षका सन्तोष बास्तोला र पोखरा ५ प्रस्याङ बस्ने १८ वर्षका निरञ्जन कोइराला घाइते भएका छन् । घाईतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरु दुवैको अवस्था सामान्य रहेको बताइएको छ ।
बुधबार अन्दाजी पूर्वान्ह ११ः४८ बजे अन्नपुर्ण गाउँपालिका—११ देउराली बेस क्याम नजिक बगरमा हिंउको चट्टान फुटेर पहिरो गएको प्रहरीले जानकारी गराएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।