नेपाली काँग्रेसले कास्की प्रतिनिसभा निर्वाचन क्षेत्र नम्बर २ मा काँग्रेसका पुराना नेता खेमराज पौडेललाई टिकट दिने निर्णय गरेको छ। बुधबार बसेको पार्टी पदाधिकारी बैठकले उनलाई टिकट दिने निर्णय गरेको काँग्रेस कास्की जिल्ला सभापति कृष्ण केसीले जानकारी दिए ।
लामो समयदेखि काँग्रेसमा निरन्तर रुपमा लागि रहनुभएका पौडेलको बीपी कोइरालासँग पनि राम्रो सम्पर्क र चिनजान थियो ।
पञ्चायत र सशस्त्र युद्धका क्रममा पार्टी अप्ठ्यारोमा पेरका बेला उनले कास्कीमा संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
पौडेलको उम्मेदवारीमा प्रश्न गर्ने ठाउँ नरहेकोले अब सबै एकजुट भएर चुनाव जिताउन लागिपर्ने सभापति केसीले पोखरा पोष्टलाई बताए ।
७४ वर्षीय पौडेल हाल गणेशमान सिंह प्रतिष्ठान कास्कीको संयोजकको जिम्मेवारीमा छन् ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.