कास्की । नेपाली कांग्रेस कास्कीले मंसीर १४ गते हुने उपचुनावको प्रचारप्रसारको लागि कास्की २ भित्रका ११ बटै वडामा निर्बाचन प्रचारप्रसार समितिको कार्यलय उद्घाटन गर्ने भएको छ । कास्की काँग्रेसले सार्बजनिक गरेको पहिलो चरणको कार्यक्रम तालिका अन्र्तगत भोली आइतबार निर्वाचन प्रचार समितिको कार्यालय उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । । कार्यक्रम कास्की–२ भित्रका ११ वटै वडामा बिहान ८ बजे हुने निर्वाचन मूल प्रचार समितिका संयोजक कृष्ण केसीले पोखरा पोष्टलाई जानकारी दिए ।
कास्की काँग्रेसले सार्बजनिक गरेको पहिलो चरणको कार्यक्रमक कार्यतालिका अन्र्तगत २४ गते आईतबार पोखरा–४ सिद्धार्थचोकबाट घरदैलो अभियान शुरु गर्ने कार्यक्रम छ । घरदैलो अभियान पोखरा ८ र ९ मा समेत सञ्चालन हुनेछ ।
घरदैलो अभियानका लागि बिहान १०ः३० बजे पोखराको सिद्धार्थचोकमा सहभागी हुन कास्की कांग्रेसले आह्वान गरेको छ ।
कांग्रेसले पोखरा ४ मा पूर्वसभापति एवं पूर्व मन्त्री यज्ञबहादुर थापा, पोखरा ८ मा पूर्व महामन्त्री एवं पूर्वसभामुख तारानाथ रानाभाट र पोखरा ९ मा नेता वीरेन्द्रनारायण विजुक्छेलाई जिम्मेवारी दिएको छ ।
यसैगरी कात्तिक २५ गते सोमबार पोखरा–७ स्थित पुष्पलाल पार्कमा भेला भई घरदैलो अभियानमा सहभागी हुने कार्यक्रम तय भएको सभापति केसीले बताए ।
उनले सोमबार बिहान ७ बजे सहभागी हुन आह्वान गरेका छन् । यस दिन दिनभर घरदैलो कार्यक्रम हुनेछ । कास्की कांग्रेसले पोखरा- ७ मा पूर्वसभापति शुक्रराज शर्मालाई संयोजक बनाएर पठाएको छ ।
कात्तिक २६ र २७ गते अर्थात मंगलबार र बुधबार पनि घरदैलो कार्यक्रम नै हुने कास्की कांग्रेसले जनाएको छ । यी २ दिन पोखरा -१७ मा घरदैलो अभियान सञ्चालन हुनेछ ।
पोखरा–१७ मा उपनिर्बाचन मुल प्रचारप्रसार समितिका संयोजक एवं कास्की काँग्रेस सभापति कृष्ण केसीलाई नै जिम्मेवारी तोकेको छ ।
नेपाली कांग्रेसले कास्की – २ मा काँग्रेसका पुराना नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको छ।