नेपाली भूमि भारतको नक्सामा देखाएकोप्रति ,राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिको ध्यानाकर्षण

0
932

भारतले हालै जारी गरेको नक्सामा नेपाली भूभागहरु कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएकोप्रति राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समितिका महासचिव सुनिल पाण्डेले एक विज्ञप्ति प्रकाशित गरि यस्तो ध्यानाकर्षण गराएका हुन् ।

महासचिव पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु कूटनीतिक माध्यमबाट वार्ताद्वारा दुवै पक्षको सहमतिमा ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुङ्ग्याउनुको सट्टा एकपक्षीय ढंगबाट चालिएको यो कदमको हामी घोर भत्र्सना गर्दछौँ ।’

‘मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, प्रतिपक्षी दलहरु तथा सबै नेपाली नागरिक एकसाथ उभिनु पर्छ । यथाशीघ्र यसबारे कूटनीतिक पहल गरी नेपाली भूमि भारतको नक्साबाट हटाउन लगाउन हामीसबैको ध्यानाकर्षण गराउँदछौं’, विज्ञप्तिमा उल्लेख छ