परिक्षणको घडीलाई सही सदुपयोग गर्न पोखरेलीलाई गोपालमान श्रेष्ठको आग्रह

0
974

नेपाली कांग्रेसका प्रभावशाली नेता एबम केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले कास्की क्षेत्र नं २ मा हुन गइरहेको उप-निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई सबै मिलेर जिताउन आग्रह गर्दै पोखरामा बस्नु हुने सम्पुर्ण स्याङ्जालीहरुले कांग्रेसका उम्मेदवार खेमराजलाई बिजयी गराउनका लागि सक्रिय भएर चुनाबी मैदानमा लाग्न अपिल गर्नु भएको छ । नेता श्रेष्ठले बि.सं.२०१८ सालदेखि बि.पि., गणेशमानदेखि सुशील कोइराला हुँदै अहिलेसम्म निरन्तर काम गर्नु भएका सन्त, त्यागी, निष्ठवान उम्मेदवार खेमराज पौडेललाई सम्पुर्ण पोखरेलीले रुख चिन्हमा मत दिई नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गर्नुभयो । सरकारका २१ महिने गतिबिधिले उसका क्रियाकलापबाट मुलुकको अवस्थालाई छर्लङग पारेको बताउदै पोखरेलीबासीले परिक्षणको घडीलाई सही सदुपयोग गर्न समेत उहांको आग्रह छ । साथै पुर्ब उप-प्रधानमन्त्री समेत रहनु भएका श्रेष्ठले बालुवाटार बेचेको सरकारले टुडींखेल पनि जोगाउन नसकेको बताउंदै देशको सिमा रक्षामा समेत बर्तमान सरकार चुकेको बताउनु भयो। उक्त चुनावीसभालाई सम्बोधन गर्दै श्रेष्ठले मुलुकको अर्थतन्त्र डामाडोल बनाउदै भ्रष्टाचार, डण्डहिनता, अराजकता, अधिनायकवाद, कर-छली, हत्या, हिंसा, बलात्कार मच्चाउने तत्वलाई कारवाही गर्न नसक्नु यो सरकारको लाचारीपन रहेकोमा जोड दिनुभयो