नेपाल तरुण दल लमजुङको कार्यबाहक अध्यक्षमा ललित गुरुङ

0
3078

नेपाल तरुण दल लमजुङको कार्यबाहक अध्यक्षको जिम्मेवारी तरुण दल लमजुङका अध्यक्ष रमेश कुमार पाण्डेले एक कार्यक्रमबीच लमजुङ जिल्लाका उपाध्यक्ष ललित गुरुङलाई सुम्पिएका छन्।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री शंकर भण्डारी, नेपाली कांग्रेसका नेता धुर्ब वाग्ले, संबिधान सभा सदस्य राजु थापा लगायतका नेतागणहरुको उपस्थिति रहेको थियो।

गत स्थानीय निर्वाचनमा मध्य नेपाल नगरपालिकाको मेयरमा तरुण अध्यक्ष रमेश कुमार पाण्डे निर्वाचित भए संगै उक्त नगरको बिकासमा थप ध्यान केन्द्रित गर्नका निम्ति तरुण दल लमजुङको कार्यबाहक अध्यक्ष युवा नेता गुरुङलाई सुम्पिएका हुन्।
उक्त कार्यक्रममा तरुण दल लमजुङको जिम्मेवारी पाएसंगै तरुण नेता ललित गुरुङले लमजुङ जिल्लाको सम्पुर्ण वडा देखि स्थानीय तह सम्मको अधिबेशन गरेर तरुण दल लमजुङलाई अझ बलियो, चुस्त-दुरुस्त र प्रभाबशाली बनाउने प्रतिबद्धता जायर गर्दै लमजुङका जन्तालाई हरेक सु:ख दु:खमा तरुणको तर्फबाट दिन सक्ने साथ सहयोग सदैब दिएर अगाडि बढ्नेमा जोड दिए।

यसै गरि शुभकामना दिदै पुर्ब मन्त्री भण्डारीले अधिनायकवादी सरकारको शैली विरुद्ध लड्न तयार रहन निर्देशन जारी गरेका थिए। अन्त्यमा तरुण दल लमजुङका जिल्ला अध्यक्ष रमेश पाण्डेले शुभकामना सहित लमजुङ तरुण दललाई सिपमुलक र रचनात्मक कार्यमा अग्रसर गराउन का. अध्यक्ष गुरुङलाई आग्रह गरे ।